साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओखती

खटियाको एक कुनामा दुइ कंकाल टाँसिएका थिए। त्यहाँ एउटा डायरी पनि थियो जसको अन्तिम पानामा लेखिएको थियो: “गाउँलेहरुले खबर गरेनन् र ? ओखतीले त काम नगरेको महिनौ भैसक्यो ।"

Nepal Telecom ad

पी.पी. कोइराला

प्लेनबाट ओर्लिने बित्तिकै छोराबुहारीले भने—
“अब कसैले पनि तपाईंहरुलाई ‘झुपडीका बुढाबुढी’ भनेर हेप्ने छैनन्।”

बाह्र वर्षपछि उनीहरू गाउँ फर्किएका थिए। उनीहरुको शिर ठाडो, हातमा सीप, कागजमा प्रमाण, मनमा साहस र अथाहा सम्पति थियो।

उनीहरुका अनपढ बृद्ध बाबुआमाले आफ्नो दुख पीडा नदेखाइ युके पढ्न पठाएका थिए।
उनीहरुको भएको आफ्नो सम्पति पनि सन्तानको उज्यालो जीवनकोलागि सकिएको थियो।
कहिलेकाँही गाउँलेहरु “त्यो झुपडीका तेमेर्का बाउआमा बुढाबुढी ठिकै छन् है।” भनेर होच्याएर फोन गरिदिन्थे।

गाउँको पुछारमा बसेका ती बुढाबुढीहरु समाजबाट अपहेलित मात्र होइन दुर्व्यवहारबाट ग्रसित थिए।

विगत छ महिनादेखि त्यो झुपडीको बाटो भएर कोहि पनि हिँड्दैनथे।
त्यसैले ती जोडीलाई गाउँलेहरुले बिर्सिसकेका थिए ।

आज बाह्र वर्षपछि अचम्म भयो।
छोराबुहारी भित्र दौडिएर गए र भने— “आमा ! बुबा ! यो के भयो ?”
खटियाको एक कुनामा दुइ कंकाल टाँसिएका थिए। त्यहाँ एउटा डायरी पनि थियो जसको अन्तिम पानामा लेखिएको थियो:

“गाउँलेहरुले खबर गरेनन् र ? ओखतीले त काम नगरेको महिनौ भैसक्यो ।”

०००
हाल: बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
0
Would love your thoughts, please comment.x
()
x