साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली  (शृङ्खला ४)

बोल्दैनन् साथ कोही परजन सँगमा हुन्छ वार्ता उदात्त सुन्दैनन् कान मेरा टुलुटुलु मुखमा हेर्नुपर्ने फसाद योद्धा मेरा पुराना रहर कहरमा एकता भावनाका भेटिन्नन् खोज गर्दा असलजन थिए प्राैढवेला छँदाका !!

Nepal Telecom ad

जेठा बा भन्छन् लौ न, देवीप्रसाद !!

जेठा बा भन्न थाले अति कहर भयो जीवनी धान्नलाई
बढ्दै आयो बुढ्यौपन अब कसरी हुन्छ हाम्रो भलाई
छोराले सोध्न छाड्यो विविध विषयका कार्यमा छैन राय
सोधूँ झर्किन्छ आफैँ दिनपल जहिल्यै छैन सद्भाव हाय !!
(१६)

सारा सङ्कल्प मेरा सबतिर अधुरा शक्ति टाढा हरायो
काँप्छन् यी हातगोडा थरथर अहिले चित्त भारी डरायो
द्यौता ठान्ने बुहारी अघि बल रहँदा आज झर्केर बोल्ने
गर्छिन् खै छैन आभा अब बल सकियो तड्पदै बस्नुपर्ने !!
(१७)

भार्याले साथ छाडिन् वयपन रहँदै कालले जाल हान्यो
छोराछोरी बुहारी परपर सब छन् नातिले चिन्न छाड्यो
खेती बारी र झाडी दिनपल गरियो पूर्णता छन् भकारी
ल्याएको दाइजोझैँ सबचिज अहिले ठान्न थालिन् बुहारी !!
(१८)

बोल्दैनन् साथ कोही परजन सँगमा हुन्छ वार्ता उदात्त
सुन्दैनन् कान मेरा टुलुटुलु मुखमा हेर्नुपर्ने फसाद
योद्धा मेरा पुराना रहर कहरमा एकता भावनाका
भेटिन्नन् खोज गर्दा असलजन थिए प्राैढवेला छँदाका !!
(१९)

खाना नाना छँदैछन् कचकच नगरी ढुक्क बस्ने बुढाले
भन्छन् छोरा बुहारी तर पनि दिल यो डस्छ झन् तिर्सनाले
मेरो ता बित्न लाग्यो दिन अब जसरी तैपनि लाग्छ खेद
बढ्दा छन् वृद्ध हाँगा सहजपल बता-लौ न देवीप्रसाद !!
(२०)
(क्रमशः)

०००
२०७९/१०/३
ताप्लेजुङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x