साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछुतो- ३

तृष्णाको गुठुरी लिएर मनले सङ्कल्पमा हेलिई सारै यत्न गरेर बाहिर भए सन्तान यी छेलिई । पश्चात्ताप छ आज व्यर्थ यसरी एक्ला भयौँ दम्पति केही काम भएन पूर्ण श्रमले आर्जिन्छ जे सम्पति ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

(अहिले छोराछोरीलाई जसरी पनि विदेश (युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत आदि मुलुक) पठाउने प्रवृत्ति डरलाग्दो रूपमा बढ्दो छ । यसले गर्दा गाउँघर युवाविहीन भएका छन् भने वृद्ध बाबुआमा सहाराविहीन भएर बाँचिरहेका छन् । बाबुआमालाई छोराछोरी विदेश पठाउन पाए के के न भइन्थ्यो भन्ने लाग्छ सुरुमा अनि पछि सहाराहीन भएपछि पछुताउन वाध्य देखिन्छन् । यो कविता यही सन्दर्भमा आधारित छ । कविताको तेस्रो अंश । – जीवनाथ अधिकारी ।)

तारा टिल्पिल गर्छ माथि नभमा छोइन्न यी हातले
गर्मी-उष्ण बढेर खप्न नहुने हेर्दैन क्वै पातले ।
धेरै बोल्न सकिन्न फोन भिडियो, देख्तैन आँखा पनि
मात्रै गुन्गुन सुन्छ कान विचरो बुझ्दैन भाखा पनि ॥११॥

यो बेला अब साथमा भइदिए छोरा र छोरीहरू
हुन्थ्यो राहत, थोर मात्र मनमा सस्नेह डोरीहरू ।
पैसा आउँछ, आउँदैन ममता सन्तानको क्यै गरी
बाँच्नुको पनि अर्थ छैन जसरी रित्तिन्छ गाग्रो भरी ॥१२॥

हप्तौँको छ अस्वस्थता शयनमा पल्टेर बस्ने कति
छुट्टी छैन विदेशमा सहजले बाटो म हेरूँ कति ।
आयो याद झल्याँस्स बाबु विचरा रुन्थे नदेखी म ता
सोही हालतमा पुगेँ म यसरी झल्क्यो सबै दृश्य ता ॥१३॥

जाऊ बाहिर देश छोड धनले ऐश्वर्यका सानले
सारा सिक्त गराऊ विश्व मनले सम्भ्रान्तका मानले ।
पानीमाथि अकासका सयरले संसार रङ्गाउने
खोजी मार्ग गरेर नील गगनी सौन्दर्य चम्काउने ॥१४॥

तृष्णाको गुठुरी लिएर मनले सङ्कल्पमा हेलिई
सारै यत्न गरेर बाहिर भए सन्तान यी छेलिई ।
पश्चात्ताप छ आज व्यर्थ यसरी एक्ला भयौँ दम्पति
केही काम भएन पूर्ण श्रमले आर्जिन्छ जे सम्पति ॥१५॥
क्रमशः

०००
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x