साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैँसाबुढी

रित्याए किन गाउँ त्यो शहरमा लागेर सारा लुँडी? एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

काला केश नि काँस झैँ सब फुले गाला परे चाहुरी
घुम्दैनन् अब ओठ चुम्न सहसा ती भृङ्ग औ माहुरी
पोते छैन चुरा फुटे मन टुटे चर्किन्छ छाती चुँडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥१

राधा कृष्ण बनेर धेर बसियो झारेर तारा जुन
छालामा गहना अनेक भिरियो हीरा र चाँदी सुन
सानन्दी दिन जो थिए समयले सारा उडायो चुँडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥२

छोरा छन् जफती परन्तु अहिले छन् राजधानीतिर
माया औ ममता चुलिन्छ मुटुमा बल्झिन्छ मात्रै पिर
जाऊँ आदत छैन छोड्न घर यो पन्छी समानै उडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥३

गैह्री खेत थियो नि बाह्र हलको बेचे उडाए तर
भन्छन् मानिसले बसे शहरमा जोडेर जेथा घर
रित्याए किन गाउँ त्यो शहरमा लागेर सारा लुँडी?
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥४

खान्छन् पाङ्दुर नै बनेर सहसा लाखौँ झमेला गरी
आफैँ ढाल बनेर दुष्ट जनको सामन्तको बेसरी
नेता बन्छु ठुलो भनेर मदले हिँड्छन् ठड्याई भुँडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x