साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुःखी छ यो बुढ्यौली

कत्रो आशा भरोसा जनक र जननी पुत्र पैदा हुँदामा त्यो हर्षोल्लाष ताजा तर पनि अहिले दुख्छ छाती छुँदामा हुर्कायौँ पुत्रलाई जतन र धनले ज्यान बाजी लगाई शिक्षा दीक्षा दिएका असल गुण सिकोस् जिन्दगी बाँच्नलाई ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

लाखौँको यत्न गर्दा असल सुत सुता कोखमा जन्म लिन्छन्
यो लोकाचार पाली सुख अनि दुखको गर्तमा लिप्त हुन्छन्
जो जो हुन् जन्मदाता उनतिर रहनू पर्छ सद्भाव प्रेम
धर्ती टेकाउने हुन् जनक र जननी बिर्सिनै हुन्न हुन्न ।१

मेरा छोरी भएनन् किन किन मनमा प्रश्न छन् आज धेरै
धिक्कार्दै भाग्यलाई नयन रस झरी गाल्छ यो देह मेरै
छोरी टाढा भए ता पनि अलि ममता गर्दथे बाबुलाई
हेर्थे सोध्थे छ के के खबर दिनहुँ भेट्दथे शीघ्र आई ।२

छोरी निस्वार्थ हुन्छन् लिन दिन पनि ता अंशको हुन्न चासो
छोरा लोभी भएका हर दिन छिनमा अंशकै मात्र पासो
छोरा हुन् वंश आफ्नै तर पनि उनले सोचका बोझ बोकी
आआफ्नै भार बोक्छन् घर पर रहँदा लाग्दछन् मात्र झोकी ।३

यस्तै यस्तै व्यथाले गलित मन भयो पाइयो दुःख सारा
भो भो भो रुन्न भन्दा पनि धर धरका बग्दछन् आश्रुधारा
खस्छन् यी रुग्ण धारा गहभरि मनका पत्र सारा छिचोल्दो
त्यो आशा भो निराशा किन किन अहिले भित्र छाती छ पोल्दो ।४

कत्रो आशा भरोसा जनक र जननी पुत्र पैदा हुँदामा
त्यो हर्षोल्लाष ताजा तर पनि अहिले दुख्छ छाती छुँदामा
हुर्कायौँ पुत्रलाई जतन र धनले ज्यान बाजी लगाई
शिक्षा दीक्षा दिएका असल गुण सिकोस् जिन्दगी बाँच्नलाई ।५

राम्रा छानेर कन्या असल कुल घरे सौम्य दीक्षा भएका
जोडा मिल्दो खिलेकी लय तन वयकी उच्चशिक्षा लिएका
संसारी रीति जस्तो उसतरह बिहे दङ्ग पर्दै गरेका
आआफ्ना कर्म पूरा गर अब सबले कार्य यो सुम्पिएका ।६

०००
हाल : बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x