साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला – ५०)

नलाग आस रासमा झुकेर दासता तिर । बितेर जान्छ जिन्दगी बनी सदैव अस्थिर । समान मित्र साथमा मिलेर कार्य फाँटमा । जुटे पुगिन्छ लक्ष्यमा रहिन्न झोस काँठमा ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

युवा थिएँ बुढो भएँ तथा छ सभ्य चेतना ।
कुनै निराश रासमा म लिन्न व्यर्थ वेदना ॥
निशा धपाउँदै उता,प्रभात नित्य डाक्दछु ।
न हार मान्छु कर्ममा विधानमा रमाउँछु ॥२९९॥

हिँडाउँदै छु जिन्दगी अझै छ जोस जाँगर ।
युवाहरू समस्तमा विशेषता छ आदर ॥
भरे म शून्य मार्गमा अवस्य जानुपर्दछ ।
बुढो लगाम अन्त्यमा युवा समक्ष छाड्नुछ ॥३००॥

मनुष्य जन्म साथमा चलायमान छन् पला ।
भुरा युवा र प्रौढ नै हुने पछाडिका बला ।
छ तथ्य हेर बाबु हो सपार भित्रको मन ।
सुयोग्य ठान चित्तमा सदैव वृद्ध चिन्तन ॥३०१॥

पछाडि गन्छ पाइला ढुकेर काल दुच्छर ।
अगाडि हिँड्छ आँटले शरीर अस्थिपञ्जर ॥
छ सोचमा उदारता समस्तका मुहारमा ।
खुसी सदा सदा झुलोस् प्रभातमा ससाँझमा ॥३०२॥

नथाक कर्म फाँटमा, नसाट सत्य दाममा ।
नपाल त्रास चित्तमा नलाग द्रोह भावमा ॥
ननाघ वृद्ध भावना विशेषता अमालमा ।
समाल सत्य साधना प्रभात झुल्छ माथमा ॥३०३॥

जुवा र तास खेलमा भुलेर द्वन्द झेलमा ।
पिटेर ढोँङ गेहमा छरेर अर्थ भेलमा ॥
विनाश हुन्छ जिन्दगी प्रताड घुस्छ देहमा ।
समाल वृद्ध भावना मनोभिराम गेहमा ॥३०४॥

नलाग आस रासमा झुकेर दासता तिर ।
बितेर जान्छ जिन्दगी बनी सदैव अस्थिर ।
समान मित्र साथमा मिलेर कार्य फाँटमा ।
जुटे पुगिन्छ लक्ष्यमा रहिन्न झोस काँठमा ॥३०५॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x