साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली

न बढ्छ जोस वृद्धमा न गुम्छ होस वृद्धमा निसापमा नवीनता सचेत बन्छ छिद्रमा न आस गर्छ वृद्धले न त्रासमा डराउँछन् प्रभात धर्म कर्ममै बुढाबुढी रमाउछन्।

Nepal Telecom ad

मेघराज पौड्याल :

बुढाबुढी समाजमा सुरम्य दीप बाल्दछन्
नियाँ निसापमा कडा फलाम त्यो पगाल्दछन्
समाज भित्र जोसिलो सुगन्ध नित्य छर्दछन्
हिमालमा पहाडमा तरी र फाँट भर्दछन्।।१।।

गरेर नित्य साधना चुलिन्छ राष्ट्र भावना
सुधी विचार वृद्धको कठोर गर्छ सामना
पढेर मात्र हुन्छ के? स्वयं रहन्न देशमा
बुढाबुढी छ घस्रदै समस्त ती प्रदेशमा।।२।।

शरीर जीर्णको बुढो विचारको मनोहर
पखाल्दछन् प्रभातमा छरेर नित्य निर्मल
पवित्र हुन्छ भावना रहन्छ शुभ्र चिन्तन
अनन्त भक्त देशको विकास गर्छ कन्चन।।३।।

न लोभ गर्छ वृद्धले न पाप बढ्छ वृद्धमा
समाज भित्र निक्खरा विवेक हुन्छ चित्तमा
दया रहन्छ आँतमा विभेद हुन्न जातमा
सुधार गर्छ वृद्धले मिठास हुन्छ बातमा।।४।।

न बढ्छ जोस वृद्धमा न गुम्छ होस वृद्धमा
निसापमा नवीनता सचेत बन्छ छिद्रमा
न आस गर्छ वृद्धले न त्रासमा डराउँछन्
प्रभात धर्म कर्ममै बुढाबुढी रमाउछन्।।५।।

०००
कञ्चनरूप- ७, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x