साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको मन

खै ! यी सबै चाहना र बुझाइ हुँदाहुँदै पनि ती पूरा नहुँदा दुःखित भएकी छु यो जन्ममा ती गुण क्षमता र चेतना नभए पनि अर्को जन्मले पूणर्ता पाओस् भन्ने कामना छ मेरो ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

म यन्त्र बत्ती हुन पाए
चाहे जति जल्ने थिएँ
मैनबाट निर्मित शरीर पाए
चाहे जति पग्लने थिएँ ॥

सुलिस् फलाम हुन पाए
तिमीले गाल्दा गालिने थिएँ
प्लास्टिकको फूल बन्न पाए
तिमीले राखेको ठाउँमा सजिने थिएँ ॥

म तिम्रो मन पर्दो व्यञ्जन हुन पाए
मीठो पकवान बनेर पाक्ने थिएँ
तिम्रै जस्तो पढ्न पाए
तिमीलाई नै सघाउने थिएँ ॥

मेरो उमेरलाई घटाएर सानी हुन पाए
तिम्रो शिष्य बनेर सिक्ने थिएँ
बत्तिसै लक्षणकी हुन पाए
तिमीलाई खुसी तुल्याउने थिएँ ॥

तिम्रो मनोभावको यन्त्र मानव हुन पाए
सबै भावनाहरू नबिराई बुझ्ने थिएँ
नबुझेको कुनै पाए तिमीसँगै सोध्ने थिएँ
तिमीलाई खुसी पार्न आफ्नो खुसी छोड्ने थिएँ ।

रचनाकारले त्यसरी रचना गर्न सकेन मलाई
आफ्नो अपूणर्ता देखेर खेद लाग्छ आफैँप्रति
तिम्रो चाहना बुझ्न नसक्दा दुःख लाग्छ आफैँप्रति
म विवेक शून्य भएर रहँदा घृणा लाग्छ आफैँ देखि ।

कुनै विश्वविद्यालयमा भर्ना भएर
आमाको भूमिका बारेमा विद्यावारिधि गर्न पाए
म कति प्रसन्न हुने थिएँ मेरो क्षमता देखि
अनि सबैभन्दा खुसी त म हुने थिएँ
तिमी मलाई देखेर प्रसन्न हुँदा हुने खुसीमा ।

खै ! यी सबै चाहना र बुझाइ हुँदाहुँदै पनि
ती पूरा नहुँदा दुःखित भएकी छु
यो जन्ममा ती गुण क्षमता र चेतना नभए पनि
अर्को जन्मले पूणर्ता पाओस् भन्ने कामना छ मेरो ।

तिम्रो प्रसन्नता र खुसीमा खुसी हुन पाए
मेरो जीवनको सार्थकता हुने थियो
प्लास्टिक, सेरामिक, ढुङ्गा, काठ, माटो
अनि डोरी, धागो र चोयाको भए पनि
आमा भएर आफ्ना सम्पूर्ण भूमिका निभाउन पाए
म अन्तर हृदयदेखि खुसी हुने थिएँ ।

०००
काठमाडौं
‘अन्तर्मनका क्षितिजहरू’ (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x