साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ११)

भ्रष्टाचारी बनेका जति पनि जन छन् देशवैरी बिचारी। मान्छेझैं कर्म गर्ने असल पथ हिंडूँ क्लेश प्याला निथारी।। सच्चा सद्भाव बोके असल पथ खुली वृद्ध रम्छन् बिचारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

हिँड्नू सन्मार्ग रोजी मनसुख सहजै पाउँछौ सत्य भन्छन्।
मानी पक्रे सुशिक्षा सुरलय बटुली प्राप्तिका हार गन्छन्।।
शिक्षा हो ज्ञानआँखा बुझ टिप मनुवा भर्न आफ्नै भकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५१।।

बाँच्दा तेरो र मेरो निरिक जति गरूँ साथ जाँदैन केही।
प्राणी कल्याण पक्रे पछि पनि नरले गर्दछन् कर्म जेही।।
प्राणी दुख्ने कुबाटो असुरपथ बुझी त्याग्छ ज्ञानी बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५२।।

अग्ला हुन् कृत्य उम्दा भव नयन खुलोस् पुज्छ मान्छे खुलेर ।
आऊन् सद्ज्ञान सङ्ला असल नर गनून् डुल्छ बास्ना घुलेर ।।
आओ मान्छेहरू हो युगलय पथको ज्ञान आभा सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५३।।

सुल्टो बाटो हिँडेमा पथिक सब खुली हात दिन्छन् उचाल्न ।
आफ्ना सङ्कष्ट फ्याँकी असल नर बनी पर्छ चिन्ता पखाल्न ।।
हेरूँ संसार चिन्दै युगलय करले झट्ट पक्रूँ सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५४।।

भ्रष्टाचारी बनेका जति पनि जन छन् देशवैरी बिचारी।
मान्छेझैं कर्म गर्ने असल पथ हिंडूँ क्लेश प्याला निथारी।।
सच्चा सद्भाव बोके असल पथ खुली वृद्ध रम्छन् बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५५।।

क्रमश:

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x