साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाफामूलक धर्म

देखावटी भेषधारी बग्रेल्ती छन् योगी पाँचतारे होटलका मालिक अनि भोगी । काम यहाँ नपाएर धेरैलाई छ सास्ती आश्रम खोली ठग्नेलाई धेरै धेरै मस्ती ।

Nepal Telecom ad

अमर अधिकारी :

कलियुगमा चलिआयो नाफामूलक धर्म
अन्धभक्त बढ्नथाले गर्न छाडे कर्म ।

फलानानन्द फलानेश्वर ढोँगी बाबा धेरै
लठ्ठिरहने अन्धभक्तको पैसा गयो खेरै ।

कतै हुन्छ कोटीहोम कतै पुराण कथा
जति दान गरेपनि मेटिँदैनन् व्यथा ।

सीमापारीबाट बाबा-गुरु-सन्त आउँछन्
अन्धभक्त भुलाउनलाई मीठा भजन गाउँछन् ।

सुन चढाए नगद चढाए पाखण्डीका हातमा
धर्म भयो भन्दाभन्दा केही भएन साथमा ।

आश्रम खोल्नु ठूलो उद्योग नगद खनखनी
पाखण्डीका सामु नाच्छन् चेली छमछमी ।

धनको वर्षा हुन्छ भन्दै बेच्ने गर्छन् जन्तर
फलिफाप बढ्छ भन्दै भिडाउँदैछन् मन्तर ।

माला बेच्छन् औँठी बेच्छन् मालामाल धनको
सोझालाई ठग्न पाउँछन् कुरा बुझ्छन् मनको ।

नेपालीलाई बेबकुफ बनाई ओसार्दैछन् नगद
पाखण्डीको दर्शन पाउँदा अन्धभक्त गदगद ।

देखावटी भेषधारी बग्रेल्ती छन् योगी
पाँचतारे होटलका मालिक अनि भोगी ।

काम यहाँ नपाएर धेरैलाई छ सास्ती
आश्रम खोली ठग्नेलाई धेरै धेरै मस्ती ।

खुबै चल्छ कलियुगमा नाफामूलक धर्म
अन्धभक्त आश्रम जान्छन् ताला ठोकी घरमा ।

०००
बुढानीलकण्ठ, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x