साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ५५)

उता चाइनाले न जानोस् विधान छ व्यापारमा मात्र आलोक सान नयाँ सभ्यताको फुकी त्यो खलाँती बुहारीहरूले भुले कात्न बाती ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

देवीप्रसाद यसो भन्छ…

सबै विश्वका वृद्ध सम्झेर आज
नियालेर हिँड्दै छु बुझ्दै समाज ।
कहानी व्यथा छन् शयौँ वृद्ध साथ
निकालौँ यता भन्छ देवीप्रसाद ॥३३९॥

कसैको गुनासो छ सन्तान माथि
कसैको,छ चिन्ता अझै राष्ट्र माथि
कुनै भन्दछन् दुःखमा छैन साथी
कुनै भन्दछन् दैव नै पक्षपाती ॥३४०॥

बगेको छ देवी यिनै भावनामा
र जेठा बुबाका शयौँ कामनामा
बुढाका कुरा छन् सबै सत्य आज
झुरा बात ठान्दै नभागोस् समाज ॥३४१॥

उठाएर मुद्दा म राख्ने थलामा
गरेँ आँट मैले उनी यो कलामा
अनेकौँ कला शिल्प छन् रङ्गरङ्ग
म ल्याऊँ पलामा निकाली तरङ्ग ॥३४२॥

नहून् वृद्धवृद्धा धराका भरङ्ग
झुलून् चित्तमा नित्य सङ्ला उमङ्ग
मिलून् वृद्धका शिल्पकारी प्रसाद
यही सोचमा हिँड्छ देवीप्रसाद ॥३४३॥

कलाको थलो राष्ट्र नेपाल हाम्रो
अझै धर्म संस्कार अत्यन्त राम्रो
ससानै कलामा विदेशी थलाको
छ व्यापार बढ्दै हरायो धराको ॥४४४॥

जनै धारणाको पुरानो महत्त्व
सबै आज हेर्दा छ अत्तो न पत्तो
समायो कला यो उता चाइनाले
गुम्यो धर्म संस्कार भन्छन् बुबाले ॥४४५॥

जनै आउँछन् चाइनाबाट रास
कला सभ्यता राष्ट्रका सर्वनाश
अनेकौँ यहाँ आज जेठा बुवाको
छ चासो जनैको यतै राख साँचो ॥३४६॥

उता चाइनाले न जानोस् विधान
छ व्यापारमा मात्र आलोक सान
नयाँ सभ्यताको फुकी त्यो खलाँती
बुहारीहरूले भुले कात्न बाती ॥३४७॥

अझै ता बुबा या मुमाको छ साथ
पुराना कला शिल्पमा रात प्रातः
सिकाएर छाड्छन् दिई नित्य साथ
सुधार्छौँ कला भन्छ देवीप्रसाद ॥३४९॥
क्रमशः

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x