साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

घरझगडामा सरिक हुँदामा । मन अमिलो भो मसिन बुँदामा ॥ झुटमुट सौदा कपकप खाने । अशुभ कुरामा किन अब जाने ?

Nepal Telecom ad

कविराज घिमिरे :

मयल निखारी हुनु छ सफेद ।
उचनिच त्यागी नगर विभेद ॥
कति कति हुन्छन् मनबिच गर्दा ।
रुख खुस हुन्छन् पतकर झर्दा ॥

चउर नजोती फसल हुँदैन ।
चुप किन बन्ने कथन हुँदैन ॥
रुन जब सक्छौ तब सिक हाँस्न ।
जतिजति लड्छ्यौ उठ अनि नाच्न ॥

पयर खिइन्छन् हतपत दौडी ।
नद किन घट्थ्यो अलिकति पौडी ॥
सबकन हुन्छन् यति गति बुझ्दा ।
कवि पनि रुन्छन् निच मति पुज्दा ॥

घरझगडामा सरिक हुँदामा ।
मन अमिलो भो मसिन बुँदामा ॥
झुटमुट सौदा कपकप खाने ।
अशुभ कुरामा किन अब जाने ?

पर हित गर्दै नजिक सपारौँ ।
जति कुभला छन् परपर पारौँ ॥
नरम कुराले कलुष बढारौँ ।
अब त बुढ्यौलीपन सुख पारौँ ॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x