साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै छ यहाँको माटो ?

लोकतान्त्रिक गणतन्त्र ल्याएको नेपालीले हैन ? बन्न तिम्रा कमारो बटुलेर रमायौ हैन नेता ? माफिया भ्रष्टाचारीको खँदारो ?। के सरकार चलाउँछौ खोई कबाडीले ! मर्मत नगरेको खटारो ?

Nepal Telecom ad

सुरेश भट्ट :

जाँतोलाई भन्दा पनि हातोलाई कति साह्रो हतारो
मान्छेको भिडमा पसेर पनि कुकुरको चुनावी चटारो ?।

लिङ्गे गाडेकै छैन पिङ खेल्न हतारो समाति हाल्यो लठारो
पोथीले फुल पारेकै छैन भालेलाई ओथारो बस्ने हतारो ।

कुरोको चुरो बुझ्नखोज्यो के भनिस् ? भनेर समात्यो कठालो
नेपालमा सत्ता टिकाऊन हाम्रा नेताहरू विदेशमा पथारो ।

कैलेसम्म बन्छौ नेता हो छिमेकीको स्वार्थ सिद्ध गर्ने झटारो ?
एकदिन खुल्नेछ नेताजी तिम्रा काला कर्तुतको कालो पेटारो ।

लोकतान्त्रिक गणतन्त्र ल्याएको नेपालीले हैन ? बन्न तिम्रा कमारो
बटुलेर रमायौ हैन नेता ? माफिया भ्रष्टाचारीको खँदारो ?।

के सरकार चलाउँछौ खोई कबाडीले ! मर्मत नगरेको खटारो ?
अब त कोरोनाले मरे नि अरु व्यथा पिरले मरे नि भइयो पोजेटिभ भटारो ।

जति चुटे नि नउठ्ने गाले गोरू शेरामा हाले जस्तो चाम्रो माटो नेताको कन्पारो
अझै समय छ राष्ट्र निर्माणका लागि दृढ ईच्छा शक्ति लिई सपारो ।

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x