साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- २३)

आफ्नै हुन् पुत्रपुत्री कृत सम नभए वृद्धको हुन्छ निन्दा । के गर्ने, के नगर्ने ? पथ खुद नहिँडे पर्दछन् कष्ट फन्दा।। उम्दा सत्कर्म छानून् मनुज मन टिपून् बन्दछन् ती पुजारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

पृथ्वीमा साथ घुम्छन् दिन ऋतु महिना चेतले याम जानोस् ।
मिल्नेछन् प्राप्ति सङ्ला दिल नयन खुली योग्य सत्कर्म छानोस् ।।
फ्याँकूँ आलस्य वैरी सुख पथ म बढूँ कर्मले प्राप्ति झारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।११।‌।

‌मान्छेझैँ कृत्य टिप्दै शिखर शिर चढूँ बढ्छ ऊर्जा हियामा।
सत्कर्मी भाव सङ्लो असल सफल हो फस्न रोकूँ खियामा ।।
छन् वृद्धावृद्ध अर्ती खुरुखुरु म टिपूँ कर्मले प्राप्ति झारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१२।।

लाखौँ छन् कर्म बाटा हित पद म लगूँ सौख्यको गीत जम्छ ।
खुल्दै प्यारो उज्यालो सरसपन बढी प्राप्तिले चेत रम्छ ।।
उठ्दै लागूँ सुबाटो युगलय घरमा साथ लागोस् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१३।‌।

छल्ने चोर्ने र ढाँट्ने पथ पद रहने वृद्ध हुन् दण्डभागी ।
त्यस्तैले देश दुख्ने अकृत पथ हिँडी लाउँछन् दुष्ट दागी।।
सत्कर्मी मार्ग हिँड्ने मनन मन गरोस् वृद्ध बन्छन् छहारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१४।।

आफ्नै हुन् पुत्रपुत्री कृत सम नभए वृद्धको हुन्छ निन्दा ।
के गर्ने, के नगर्ने ? पथ खुद नहिँडे पर्दछन् कष्ट फन्दा।।
उम्दा सत्कर्म छानून् मनुज मन टिपून् बन्दछन् ती पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं .२ , इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x