साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ती तिम्रै हो आमा बाबा

नत आधुनिक विज्ञानका प्रबर्तक वैज्ञानिक जस्तो बन्न सकेँ। आज आएर केही बन्न सकिनस् लाक्षी किन भन्नू हुन्छ बाबा । यो गल्ती मेरो हैन गल्ती तिम्रै हो बाबा ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

जन्मायौ हुर्कायौ
संस्कार सिकायौ
बदमासी गर्न सिकाइनौ।

यो जमाना
बदमासहरूको रहेछ आमा
मलाई केही गर्न सकिनस्
भनेर किन चिन्ता गर्छ्यौ ?

आज मैले समय अनुसार
चल्न नसक्नुमा
मेरो कुनै कम्जोरी हैन
गल्ती तिम्रै हो आमा।

हृदयदेखी माया दियौ
नित्य आदर्शका कुरा सिकायौ
आफू भोकभोकै बसेर
मेरो मुखमा मीठो चारो पुर्‍यायौ।

आफ्ना पसिना बेचेर
मेरालागी नाना चाचा जुता मुजा र घाटिमा
टाइ नामको घाँडो झुन्नाइ दियौ।

पब्लिकेसनको नाममा
कमिसनको खेलमा
बिना मतलबका झोलामा
पुस्तक कोचेर।

दस वर्षको उमेरदेखि
२५,देखि ५० किलोसम्मको
झोला बोकायौ।

आधुनिक शिक्षाको नाममा
उता स्कुलका गुरुहरूले
फाएरबाख, डार्बिन,नियुटन,थोमस आइस्ट्यानका
सुत्र घोकाउथे।

यता घरमा हजुरले
राम, कृष्ण, बुद्ध, नानकहरूको
आदर्श सिकाउनु हुन्थ्यो।
मेरा छोराले अरूका छोराले भन्दा
सुखसँग कुनै दु:ख बेगर पढोस् भनेर ।

मालाइ कुनै पनि
काम गराउनु भएन
न त कुनै इलम सिकाउनुभयो।

न त हजुरले घोकाए जस्तो
पाषाण युगका भगवन बन्न सकेँ
नत आधुनिक विज्ञानका
प्रबर्तक वैज्ञानिक जस्तो बन्न सकेँ।

आज आएर केही बन्न सकिनस् लाक्षी
किन भन्नू हुन्छ बाबा ।
यो गल्ती मेरो हैन
गल्ती तिम्रै हो बाबा ।

०००
टीकापुर, कैलाली
२०८१/१०/२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x