
गल्ती तिम्रै हो आमा बाबा
नत आधुनिक विज्ञानका प्रबर्तक वैज्ञानिक जस्तो बन्न सकेँ। आज आएर केही बन्न सकिनस् लाक्षी किन भन्नू हुन्छ बाबा । यो गल्ती मेरो हैन गल्ती तिम्रै हो बाबा ।

बालकृष्ण खनाल :
जन्मायौ हुर्कायौ
संस्कार सिकायौ
बदमासी गर्न सिकाइनौ।
यो जमाना
बदमासहरूको रहेछ आमा
मलाई केही गर्न सकिनस्
भनेर किन चिन्ता गर्छ्यौ ?
आज मैले समय अनुसार
चल्न नसक्नुमा
मेरो कुनै कम्जोरी हैन
गल्ती तिम्रै हो आमा।
हृदयदेखी माया दियौ
नित्य आदर्शका कुरा सिकायौ
आफू भोकभोकै बसेर
मेरो मुखमा मीठो चारो पुर्यायौ।
आफ्ना पसिना बेचेर
मेरालागी नाना चाचा जुता मुजा र घाटिमा
टाइ नामको घाँडो झुन्नाइ दियौ।
पब्लिकेसनको नाममा
कमिसनको खेलमा
बिना मतलबका झोलामा
पुस्तक कोचेर।
दस वर्षको उमेरदेखि
२५,देखि ५० किलोसम्मको
झोला बोकायौ।
आधुनिक शिक्षाको नाममा
उता स्कुलका गुरुहरूले
फाएरबाख, डार्बिन,नियुटन,थोमस आइस्ट्यानका
सुत्र घोकाउथे।
यता घरमा हजुरले
राम, कृष्ण, बुद्ध, नानकहरूको
आदर्श सिकाउनु हुन्थ्यो।
मेरा छोराले अरूका छोराले भन्दा
सुखसँग कुनै दु:ख बेगर पढोस् भनेर ।
मालाइ कुनै पनि
काम गराउनु भएन
न त कुनै इलम सिकाउनुभयो।
न त हजुरले घोकाए जस्तो
पाषाण युगका भगवन बन्न सकेँ
नत आधुनिक विज्ञानका
प्रबर्तक वैज्ञानिक जस्तो बन्न सकेँ।
आज आएर केही बन्न सकिनस् लाक्षी
किन भन्नू हुन्छ बाबा ।
यो गल्ती मेरो हैन
गल्ती तिम्रै हो बाबा ।
०००
टीकापुर, कैलाली
२०८१/१०/२६
Subscribe
Login
0 Comments
Oldest