साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा ! म एक्लै कसरी रमाऊँ

रङ्गीविरङ्गी सपना छ मान्छे उत्सर्ग खाली मनले सँगाल्छे । यो चित्त खुल्ने नवचोट पाऊँ आमा म एक्लै कसरी रमाऊँ ॥

Nepal Telecom ad

नदी भट्टराई :

संसार रित्तो ममता नभेट्दा
त्यो मातृवात्सल्य कतै नदेख्दा ।
बाँचेर आफू कति सास फेरूँ
आमा म एक्लै कसरी रमाऊँ ॥१॥

आकाश धर्ती पनि शून्य लाग्छ
को छैन आफ्नो मन दूर जान्छ ।
हाँसो र खुशी अब भन्न पाऊँ
आमा म एक्लै कसरी रमाऊँ ॥२॥

वर्षाद बग्दो चुहुँदो झरीमा
आए मलामी जब आँगनीमा ।
छोडी गएको दिन आज वर्षौंँ
आमा म एक्लै कसरी रमाऊँ ॥३॥

ओछ्यान भाँडो चुपचाप बस्छन्
सोधौंँ भने लौ नयनाश्रु खस्छन् ।
भित्ताहरूमा प्रतिविम्ब खोजूँ ?
आमा म एक्लै कसरी रमाऊँ ॥४॥

आफ्ना र अर्का चिनिंदैन हेर्दा
प्रत्येक पीडा छिनिदैन काट्दा ।
भोग्ने म नै हो अब न्याय पाऊँ
आमा म एक्लै कसरी रमाऊँ ॥५॥

चिन्नेहरूले पनि आश मार्छन्
नाताहरूले रमिता निकाल्छन् ।
पैसा भएको टुहुरो बनाऊ
आमा म एक्लै कसरी रमाऊँ ॥६॥

रङ्गीविरङ्गी सपना छ मान्छे
उत्सर्ग खाली मनले सँगाल्छे ।
यो चित्त खुल्ने नवचोट पाऊँ
आमा म एक्लै कसरी रमाऊँ ॥७॥

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x