साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीलाई पत्र : एक अन्तरङ्ग संवाद

बुढ्यौली, तिमी आउनू, तर आउँदा म गजल लेखिरहेकै हुँला- बिस्कुन भइसेकको दिनमा सपनाको रङ अझै बाँकी राखेकै हुँला ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

प्रिय बुढ्यौली,
तिमी किन यसरी चुपचाप आइरहन्छ्यौ ?
किन ढोकामा ढकढक पार्छ्यौ,
न त निम्तो कुर्दै आउछ्यौ ?
कहिलेकाहीँ त तिमी ३० को मुटुमा टेको लगाइदिन्छ्यौ,
र ९० को जिउमा नाच्न सक्ने साहस भरिदिन्छ्यौ ।

तिमी साँच्चै अचम्मकी छ्यौ,
न मितिमा बाँधिएकी, न समयको घडीले थिचिएकी ।
तिमी कहिले काँधमा रौँजस्तो हलुकी भएर बग्छ्यौ,
कहिले आँखाभित्र पुराना झझल्काहरू बनेर बल्छ्यौ ।

म बुझ्दैछु,
तिमी उमेर होइनौ-
तिमी दृष्टिकोण हौ, अनुभूतिको एउटा नयाँ परिभाषा ।
तिमी त चेतनाको एउटा मोड हौ,
जहाँ शरीरले थाकेको हुँदाहुँदै आत्मा अझै रमाइरहेको हुन्छ ।

तिमी आएकै दिन म उत्सव मनाउनेछु,
ढोकामा फूलमालाको थाली राख्नेछु ।
मेरो आत्मा अझै नयाँ कविता गाइरहेकै हुनेछ,
स्मृतिको मजेत्रो ओडेर, आशाका अक्षरहरू बुनेर ।

हो,
तिमी डर होइनौ-
तिमी त अनुभूतिमा घुलिएर आएको एउटा मौन सन्देश हौ ।
न म तिमीबाट टाढा भाग्न खोज्नेछु,
न त तिमीलाई जबर्जस्ती अँगाल्नेछु ।
हामी दुवै एकअर्कालाई चुपचाप बुझ्नेछौं-
एक कप चियासँग, एक थान चिसो साँझसँग ।

बुढ्यौली,
तिमी आउनू,
तर आउँदा म गजल लेखिरहेकै हुँला-
बिस्कुन भइसेकको दिनमा
सपनाको रङ अझै बाँकी राखेकै हुँला ।

(हालै ९० वसन्त पार गर्नुभएका र अनेकौं शारीरिक रोगलाई जितेर ५० को जाँगर देखाउनुहुने मेरा पूज्यनीय पिताको जीवन शैलीले दिएको ऊर्जा र झकझकाहटले यस कविताका शब्द जन्मेका हुन् ।- नलाआ)

०००
२०८२ वैशाख ६ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x