साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका कहर

आफ्नै जीवन भार लाग्छ कहिले नैराश्यको चेतले सोद्धैनन् घरमा दुखे मन हियो यी हात गोडा गले हेला हुन्छ सधैँ मरे सरहको धिक्कार्छ आफ्नै जुनी हुन्छौँ वृद्ध सबै गुनौँ मनमनै हामी नहौँ बैगुनी ।

Nepal Telecom ad

बिन्दु दाहाल मूकदर्शक  :

खानै पर्छ अनेक जात थरका ती औषधी हर्दम
उल्टै बढ्छ बिमार वृद्ध जनका बन्दैन केही कम
बाँच्नै पर्छ अवश्य लोक रित यो पछ्याउँदै केवल
मान्छे रोगविहीन होस् हर घडी धर्ती बनोस् निर्मल ।

घाँटी हाड नसा मुटु नयन यी दुख्छन् सधैँ कर्कर
निद्रा छैन निशाहुँदा कहरले थप्दै छ उस्तै डर
कोल्टो फिर्नु हुँदैन कष्ट थपिँदै ऐया सधैँ पार्दछ
लागी रोग हुरुक्क पार्छ जिउँदै मान्छेहरू मार्दछ ।

वीमाको पनि औषधी लुतिखरे निम्जो विनापावर
भन्छन् ती सकियो मसक्क मनले पान्छाउँछन् डाक्टर
पैसा हुन्न सधैँ न किन्न सजिलै सक्छ्न् सबै वृद्धले
यस्तै चाल गरी रुँदै कति जना भोगेर पीडा चले ।

टाढा जान सकिन्न बाहिर कतै बन्देज नौलो हुँदा
साथी दूर सुदूर छन् कति जना धड्किन्छ आत्मा रुँदा
आफ्नै गेह हुँदै छ जेलसरिको निस्सार निस्तेजले
कैदीजीवन झैँ भयो सकसको ती वृद्ध वृद्धा ढले ।

आफ्नै जीवन भार लाग्छ कहिले नैराश्यको चेतले
सोद्धैनन् घरमा दुखे मन हियो यी हात गोडा गले
हेला हुन्छ सधैँ मरे सरहको धिक्कार्छ आफ्नै जुनी
हुन्छौँ वृद्ध सबै गुनौँ मनमनै हामी नहौँ बैगुनी ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x