साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै झिँगा मच्छर

मान्छे मानव साथ डर्छ किन हो, बुझ्दैन केही मता लाग्थ्यो गाउँ समाजमा त भरशा, मान्छे मिलेमा सधा । लाग्दो रैछ कता कता सहरमा, मान्छेहरूको डर। जस्ता मानव बस्दछन् सहरमा, उस्तै झिँगा मच्छर।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

छोरो जागिर खान्छ यो सहरमा, चिन्दैन कोही मता
एक्लैछिन् बिचरा छिमेक घरमा, एक्लो छु मैले यता।
हेर्छिन् दृष्टि घुमाइ बोल्न नसकी, बोल्दैन मैले पनि
बोल्नै आँट हुँदैन बोल्नु कसरी, भन्छिन् कि केही भनी।।

गर्छिन् ख्याक्क उता सुनाइ मकनै, पर्दा उधारी कन
सम्झी वीगतका कुरा झलझली, आत्तिन्छ मेरो मन।
हप्तौँ बित्छ यसैगरेर दिन कै, बोल्दै नबोली कन
बोल्ने आँट गरेर हेर्छु म उता, पर्दा उघारी कन।।

हाम्रो गाउँ छिमेकमा त सबले बस्थ्यौँ रमाई कन
आफ्नै लाग्दथिए छिमेक जति थे, आनन्द थ्यो जीवन।
यस्तो कारण रैछ यी सहरमा, बन्ने त वृद्धाश्रम
एक्ला ती विधुवा र ती विधुरले, एक्लो ससोन् काँ सम।।

साँचो गाउँ रहेछ स्वर्ग थलको, देवता जहाँ बस्दछन्
जोती खेत गरा बगाइ पसिना भोको भुँडी भर्दछन्।
छोडीदेउ मलाइ गाउँ घरमा छोरा बुहारी अब।
शिक्षित् मानव यो ठुला सहरका, देख्दा अघाएँ मत।।

मान्छे मानव साथ डर्छ किन हो, बुझ्दैन केही मता
लाग्थ्यो गाउँ समाजमा त भरशा, मान्छे मिलेमा सधा ।
लाग्दो रैछ कता कता सहरमा, मान्छेहरूको डर।
जस्ता मानव बस्दछन् सहरमा, उस्तै झिँगा मच्छर।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x