साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुन्छन् पिता र माता

पुर्खा यहीँ रमाए नेपाल स्वर्ग ठानी संस्कारले सजाए उम्दा गृहस्थ धानी माटो भुलेर आफ्नो हिँड्दा त पीठ मोडी रुन्छन् पिता र माता भो जान्न देश छोडी॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

माता पिता दुवै छन् हो सत्तरी कटेका
देखेर आँसु झर्छन् ती कर्ममा खटेका
भन्छन् यहाँ सबैले छोरो रहेछ झोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥१

बिर्सेर रक्तको त्यो नाता र दुग्ध भारा
आफू बनेर ज्यादा नामर्द कर्महारा
सम्बन्ध उच्च गाढा हल्का गरेर तोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥२

कर्तव्य धेर हुन्छन् गाहस्थ जिन्दगीमा
भुल्दा अनर्थ होला छोरो भएर सीमा
छोडेर मस्त जाया पारेर झन् बिजोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥३

खन्ने हुँदैन माटो जोत्ने हुँदैन पाटो
धौ पर्छ बाँच्नलाई खाएर भात आँटो
को रोप्छ धान गैह्री टारी मकै र बोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥४

पुर्खा यहीँ रमाए नेपाल स्वर्ग ठानी
संस्कारले सजाए उम्दा गृहस्थ धानी
माटो भुलेर आफ्नो हिँड्दा त पीठ मोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
वृद्धमा खुसी फुलोस् …

वृद्धमा खुसी फुलोस् …

रामशरण न्याैपाने
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

रामशरण न्याैपाने
फर्केन छोरो दिन दागबत्ती

फर्केन छोरो दिन दागबत्ती

रामशरण न्याैपाने
होली

होली

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x