साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५६)

खोजूँ योग्य कथा विचार कसिने पाका बनून् निर्भर । साँच्चै सौख्य टिपेर रम्दछ हियो आल्हाद भर्दै घर।। यै हो मानव योग्य यो अवनिको बास्ना चलायौँ भने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

आफ्ना मान मियो दुखे पर भए पश्चाग्नि दन्किन्छ रे ।
राखे नित्य सुसारले घरसँगै उल्लास जन्मिन्छ रे ।।
हो सायुज्य निको बुझी मन लिए हर्षाश्रु शोभा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७१।।

मान्छेझैँ व्यबहारमा नरहने छन् दुष्टतामा कति ?
वृद्धावृद्ध नकार्न खोज्दछ भने त्यो हो अबोधी मति।।
सद्वाणी मृदु पस्कने मनुज जो आकाशमा उक्लिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७२।।

भोग्नै पर्दछ यो अवश्य सबले एकै धराको पथ ।
भिन्नै हो यदि चेत भन्दछ भने गुड्दैन काया रथ ।।
आफू वृद्ध हुँदा अपायक हुने आचार त्याग्यौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७३।।

झुल्नेछन् घर ओर्लिएर हितका आभा सुनौला बनी।
आशीर्वाद लिएर रम्न म सकूँ सङ्लो सुबाटो खनी।।
झर्के चाल चली हियार कुडिँने बानी नहोस् फन्फने।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७४।।

खोजूँ योग्य कथा विचार कसिने पाका बनून् निर्भर ।
साँच्चै सौख्य टिपेर रम्दछ हियो आल्हाद भर्दै घर।।
यै हो मानव योग्य यो अवनिको बास्ना चलायौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७५।।

०००
इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x