साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखियो पक्षपात 

मात्रै छन् काव्य हाम्रा गरिबप्रति खुला लेखिँदैनन् धनीका खोल्छन् उद्योग जल्ले तर पछि किन छन् नित्य निन्दा यिनैका पाल्छन् धेरै यिनैले श्रमिकजन जहाँ बोट हाँगा र पात लौ लौ हे काव्यद्रष्टा अबुझ अब नहौँ देखियो पक्षपात ।।

Nepal Telecom ad

कविराज घिमिरे :

काँडामा जो छ चुच्चो उपर अनि त ऊ घोच्नलाई बढेर
बाटो हेर्दै बसेको वरिपरि वनमा दुख्न आउन् भनेर
यो ता हो तथ्य आफ्नो प्रकृति अनुक्रिया के गरी भन्नु घात ?
मान्छेभित्रै छ आफैँ गडबड बहुतै देखियो पक्षपात ।। १

सासू बन्छिन् वधूको नफरत तिनले मान्न छाडेर छोरी
मर्दा पर्दा उनैले टहल गरिदिने साख्य हुन् ती बुहारी
सासू मानेर आमा दिलबिच गहिरो प्रेम राखेर साथ
छैनन् यस्ता सबैमा गतिविधि किन हो देखियो पक्षपात ।। २

बाबा हुन् शीर्ष हाम्रा पशुपतिसरिका मातृ गङ्गा पवित्र
माया सद्भाव बाँडे प्रतिदिन यिनले मिल्छ शिक्षा विचित्र
दिन्छिन् पीयूष आमा कवि कलम बनी पक्डिने बाबु हात
पार्दै छन् वृद्धवृद्धा पर पर किन हो देखियो पक्षपात ।। ३

बिर्सेका छौँ सबैले जिजु हजुरबुबा लेख्न छाड्यौँ जहाँ छन्
आमाका बाबु हाम्रा पनि हजुरबुबा सम्झिँदैनौँ कहाँ छन् ?
आमैका लेख्न छाड्यौँ अमर कृति यहाँ प्रेम गर्थिन् अगाध
आमाका मात्र लेख्छौँ खुरुखुरु कविता देखियो पक्षपात ।। ४

मात्रै छन् काव्य हाम्रा गरिबप्रति खुला लेखिँदैनन् धनीका
खोल्छन् उद्योग जल्ले तर पछि किन छन् नित्य निन्दा यिनैका
पाल्छन् धेरै यिनैले श्रमिकजन जहाँ बोट हाँगा र पात
लौ लौ हे काव्यद्रष्टा अबुझ अब नहौँ देखियो पक्षपात ।। ५

०००
(भक्तपुर बुढ्यौली साहित्य समाजमा अभ्यास)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Balkumar chhetri
Balkumar chhetri
6 months ago

अनुपम सिर्जना गुरुवर । हार्दिक बधाई छ ।🙏

Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x