साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध घरमा

कतै जाँदा फर्कौँ गृहतिर छिटै सेवक हुन गरौँ सेवा स्वार्थी तिमिर मनको घैमल धुन बनौँ हामी सच्चा सुजन मनका वृद्ध नरमा खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरमा ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

रुगामर्की खोकी कसर तनको बुझ्न सकिए
बुबाआमालाई हरपल झुकी पुज्न सकिए
हुने भोकैतिर्खै भय पर गरे ज्येष्ठ नरमा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरमा ।

बुझे भित्री पीडा पलपल पुगी छेउ तिनको
छ के आमा बाबा जहर मनमा घाउ ननिको
भनी बुझ्दै राखे सुखसयलको उच्च भरमा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरमा ।

बुबा आमा हामी परिजन बुझी हार्दिक बने
सँगै खाऔँ खाना वरिपरि बसी लौ सब भने
सधैँ राम्रो हुन्थ्यो जनक जननी वृद्ध नरमा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरमा ।

पितामाता रोगी यदि हुन गए औषधि गरौँ
सधैँ राम्रा बुट्टा मृदुल मनका सुन्दर भरौँ
रमाऔँ साथैमा सब सुतसुता ज्येष्ठ नरमा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरमा ।

कतै जाँदा फर्कौँ गृहतिर छिटै सेवक हुन
गरौँ सेवा स्वार्थी तिमिर मनको घैमल धुन
बनौँ हामी सच्चा सुजन मनका वृद्ध नरमा
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरमा ।

०००
दमक- ८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x