साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रचना दान

त्यसैले डा. साहेब यो बाले छोरीलाई दिएको दातव्यमा कुनै पनि गिभ एन्ड टेक हुन्न । बाबुको छोराछोरीमाथि गरेको उपकार मात्र हो यो । बुझ्नु भो होला नि । “बुझेँ प्रभो !” डा. साहेब चुप लाग्नुभो । मेरो भासन पनि सकियो ।

Nepal Telecom ad

“सर, फलाना विद्वान् कवि र गजलकारले त रचना दान गर्नु हुँदो रहेछ नि !” आज बिहान मलाई डा. ले भन्नुभो ।
“हँ हो र ? कसरी थाहा पाउनु भो ?” सोधें ।

“हेर्नुहोस् त यहाँ ! यतातिर ‘पुरुष’को रचना अनि अर्कातिर यो ‘नारी’को रचना ! तुलना गर्नू त ।” उहाँले देखाउनु भो । अनि मैले हेरें । कविता थिए दुइटै । यता एक जना पाका कविको कविता थियो, उता अलिक भर्खरकी नारीको नाममा कविता थियो । यसो तुलना गरेर पढेको । दुबै रचनाका रचनाकार एकै हुन् भन्नेमा कुनै शङ्का रहेन ।

“लु त यी दुई पनि तुलना गरेर हेर्नुहोस् ।” फेरि कुनै अर्को साइट पल्टाएर उहाँले देखाउनु भो । त्यहाँ मुशायरा थियो । पहिलो रचनाकार थिए एक जना उनै पाका मान्छे अनि अर्कोमा ता उनै अघिकै नारी थिइन् । “भनेपछि यो गिभ एन्ड टेक होला है ।” उनले भने ।

“होला पो अरे ! रचनाका साथमा के टेक हो मलाई थाहा छैन । तर यो गिभ एन्ड टेक नै हो । यो रचनादान हो । अहिले रचनादान गर्नमा केही साहित्यकार प्रसिद्ध हुनुहुन्छ । वास्तवमा अहिले धेरै सर्जकहरू महिला मैत्री र रचनादान गरेर परत्र सुधारिरहनु भएको छ ।”

डा साहबको कुराले मलाई सोच्न बाध्य बनायो अनि यसै विषयमा घोरिन थालें । “ए हो त ! रचनादान आजको कुरा मात्र हो र । यो ता उहिलेदेखिकै कुरा पो त । यो रचनादान न हो थोडै यो ऋतुदान हो ?” एक ठुटे निश्कर्ष निकालें र डाक्टरलाई चित् पार्ने खालको भासन ठोकें । उनी चूप लागेर सुनिरहे । म भने नेतोको शैलीमा भटभटाउन थालें । सुन्नुहुन्छ तपाईं पनि ? उसो भए लु सुन्नू त-

“वास्तवमा रचना भन्नाले यहाँ गजल, गीत, हाइकु, सायरी, मुशायरा, मुक्तक, हाइकु, ताङ्का, थाङ्का, दाङ्का, धाङ्का, नाङ्का, पाङ्का…, पद्य, गद्य, कोरिया, खोरिया, लिँढुल्को, बड्कुँला, बलेँसी, बाछिटा अस्ता अहिलेका भङ्जाहा फटाहाले बनाका कथित बिध्या (विधा ता भन्न जाने पो भनोस्) आदिमा लेखिएका कुराहरू हुन् भनेर सबैलाई बुझ्नु पर्छ । यी सारा तत्वहरूलाई एक प्राणीले अर्को प्राणीका नाममा खत्रक्क लेखिदिएर उसैका नाममा लाहाछाप लगाउने मौका दिनु नै रचनादान हो । जसरी एक पिताले आफ्नी पुत्री वरका हातमा सुम्पन्छन् त्यसै गरी माथि भनिएका आफ्ना कथित रचनाहरू अर्को आफूले रुचाएको वा आफूसँग साँठगाँठ गरिएको पात्र पात्रालाई भोगचलन गर्ने गरी जमिनधनीले मालपोतमा पास गरेर आफ्नो जमिन साहूलाई सुम्पे जसरी सुम्पने कामलाई रचनादान भनेर बुझौं । नाटक, निबन्ध, लामा रचनाहरूको पनि दान नहुने र नभएको हैन । अहिले सबै भन्दा बढी थेसिस दान हुन्छ । स्नातकोत्तर वा पीएचडीकै थेसिस पनि समुचित लेनदेनमा दान भइरहेको कुरा ता कीर्तिपुरतिर थापिएका पसलहरूले पनि बुझाउँछन् । स्वर्गीय रानी ऐश्वर्यलाई खुसी पार्ने कता कता बसेका हालका स्वर्गीय डाक्टरहरूले मिठा मिठा गीत र सिङ्गा एक दुई थान पोस्तक नै लेखेर दान गरेको र सुम्पिन लगेको पनि सुनिएकै हो । यो सुनिएको मात्र है । देखिएको हैन । देख्न त लेनदेन गर्नेदेखि बाहेक अरूबाट देख्ने देखिने कुरा पनि भएन । कसै कसैले उहाँकै स्तुति सुम्पेको र नामै “सुम्पन ल्याएँ” भन्ने लेखेको सम्म त देखिएको छ । तर सुम्पेको पर्मान नभएपछि यो पनि भनिरहने कुरा भएन । मूल लेखकले पुराका पूरा हकभोग गर्ने गरी दान गरिसकेपछि देखियोस् पनि कसरी । फिर्ती गरिने कुरा पनि भएन केरे ।

अचेल कविता दान गर्ने केही महान् मनुख्ये गोप्य रूपमा चर्चाको अखडामा हुनुहुन्छ । कुनै गजल दान गर्नु हुन्छ, कुनै मुसायरा र कुनै गीत दान गर्नुहुन्छ । वास्तवमा यसरी दान गर्नेहरू उमेरले अलिक पाकेका छिपिएका र अनुभवी नै हुनुहुँदो रहेछ । यसको कारण के छ अलिक खोतल्नै पर्ला । म पनि छिपिँदै छु अलिक पछि थाहा पाउँला नै । दान दिएर बढुवा गराएको पनि नसुनिएको हैन । दान गर्नेमा पुरुष नै अघि देखिनु भाको छ । दानीको यो कामबाट ग्राहकलाई फाइदा पनि हुन्छ । अब प्रमोसन नै हुन्छ भनेपछि फाइदा नहुने कुरै भँररर भनदेखुन भएन नि । अनि दान लिनेमा वा दान थाप्नेमा नारी र त्यसमा पनि भरसक उमेरमा भर्खर युवावस्था ढल्कँदै गरेका नारीहरू देखिनुभएको छ । यसको कारण भने अलिक अनुसन्धानको विषयमा छ । दाता पक्कै पनि उपकारी र उदारमना नै भएको मान्छु म । यद्यपि अलिक छिचरोले भन्न सक्छ गिभ एन्ड टेक हुँदो हो । अब यो ता म कसरी जान्नु । दाताले कविता गिभ गरे पनि टेक चाहिँ के गर्नु हुन्छ भन्न सकिने कुरा भएन । गोप्यताको पनि ख्याल राख्नै पर्‍यो ।

दाताले जति लुकाए पनि दाताको शैली झक्क देखिइहाल्ने दिएका तत्वमा । एक जना छोरीको अनुहारमा उनका बाको अनुहार झन्डै झन्डै जस्ताको तस्तै देखिन्छ । यी छोरी यिनै आमा बाबुकी हुन् भनेर विश्वस्त हुन सकिन्छ । जिनको कुरा पनि हो । बाको अनुहार छोरीका अनुहारमा देखिन्छ भने बाले लेखेर छोरीलाई दान गरेको रचनामा बाको झलक नदेखिने कुरै भएन । बाकै रचना हो भन्ने कुरा खुलासँग बुझिन्छ तर त्यहाँ बाको नाम नभई छोरीको नाम हुन्छ । तिनै छोरीलाई अर्का बाले पनि रचना दान गर्नुहुन्छ भन्ने कुरा तिनका अरू रचनाका अनुहारले देखाउँछन् । यसबाट यी छोरीका पिताहरू जुम्ल्याहा थिए भनेर यो कदापि ठान्न मिल्दैन । यो ता प्राकृतिक कुरा पनि भयो । आमा बाबुको अनुहार छोराछोरीमा देखिइहाल्छ नि । हो पनि । रचनादाताको अनुहार छोरीका लागि लेखिएका रचनाहरूमा झल्कन्छ नै । लौ मेरी छोरी ता मैले ज्वाइँलाई दान गरिहालें तर उनलाई रचना दान गरें भने उनका नामको प्रचारप्रसार भएको रचनामा गहिरो गरी हेर्नेले मेरै अनुहार देख्छन् । यसरी दिइने रचनामा बाबुले छोरीसँग के गिभ एन्ड टेक गर्छ र नचाहिँदो कुरा ।

त्यसैले डा. साहेब यो बाले छोरीलाई दिएको दातव्यमा कुनै पनि गिभ एन्ड टेक हुन्न । बाबुको छोराछोरीमाथि गरेको उपकार मात्र हो यो । बुझ्नु भो होला नि ।
“बुझेँ प्रभो !”
डा. साहेब चुप लाग्नुभो । मेरो भासन पनि सकियो ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x