साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लास

म रणभुल्लमा अल्झेको देखेर उहाँले मैले बोकेको फूलको भाँडो लिनुभयो र फूलहरू देखाउँदै भन्नुभयो; ‘यी फूलहरू आफ्ना आमाबासँग हुँदा हाँसेका थिए; बाँचेका थिए । तैँले मुन्टो छिनाइस् र ज्यान लिइस् ।’

Nepal Telecom ad

नन्दलाल आचार्य  :

‘मुर्दा बोकेर आर्यघाट जानुपर्नेमा शिवमन्दिरमा किन लाइन लागेको ?’ म फूलप्रसादका साथ पूजाआजाका लागि शिवमन्दिरमा उभिँदा बिर्खे दाइले भन्नुभयो ।

‘तँ मात्रै हैन यहाँ अधिकांश मलामीहरू हँसिलो चेहरामा खडा छन् ।’ उहाँले पुनः अर्को व्यङ्ग्य गर्नुभयो ।
मैले चारैतिर नजर लगाएँ । मुर्दा र मलामी कतै देखिनँ । मेरो दिमाग फनफनी घुम्न थाल्यो ।

‘तेरो मुन्टो काटेर झोलामा हाले तँ नन्दलाल नै रहिरहन्छस् त ?’ उहाँले अर्को प्रश्न तेर्साउनुभयो ।
मैले जवाफ दिइरहनु उपयुक्त ठहर्‍याइनँ र चुपचाप बसेँ ।

‘तँ लास मात्रै हुन्छस् । त्यस अवस्थामा तँलाई बोक्ने सबै मलामी हुन्छन् । तँलाई सेलाउने ठाउँ आर्यघाट हुन्छ; शिव मन्दिर कदापि हुनुहुन्न ।’ उहाँले स्पष्ट पार्न खोज्नुभयो तर मेरो दिमागमा घुसेन ।

म रणभुल्लमा अल्झेको देखेर उहाँले मैले बोकेको फूलको भाँडो लिनुभयो र फूलहरू देखाउँदै भन्नुभयो; ‘यी फूलहरू आफ्ना आमाबासँग हुँदा हाँसेका थिए; बाँचेका थिए । तैँले मुन्टो छिनाइस् र ज्यान लिइस् ।’

०००
२०८०-०५-०५ सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x