साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी खोजेरै बित्ने भो

आफूलाई हात लाग्यो शून्य । शून्य पनि सानो भएपो चित्त बुझाउनु अष्ट्रिचको अण्डा जत्रो शून्य । प्रश्न गर्‍यो जवाफको खोजी । जवाफ दियो प्रतिक्रियाको खोजी । जीवन त गोताखोर नै रहेछ नि ।

Nepal Telecom ad

अशोककुमार शिवा :

जिन्दगी पनि अचम्म कै भेटिएछ गाँठे, के खोज्छ के । जतिखेर पनि खोजेको खोज्यै गर्छ । हुन त जिन्दगी भनेकै खोज नै रहेछ, जन्मिन तरखर हुँदाबाट नै खोजी सुरु हुने बाटो कता हो भनेर ? जन्मियो खानेकुरा कता हो ? खायो तातो कता हो ? तातो पायो निद्रा कता हो ? निन्द्रामा नै हाँस्यो, हातखुट्टा चलायो थाङ्ग्नामा सुसु तातो हुञ्जेल मुसुमुसु चिसिए च्याँ च्याँ । रुनु किन रे भन्दा थाङ्ग्ना फेरिदिने मान्छेको खोजी ।

अलिक पछि बोल्ने कसरी भन्ने खोजी । पढ्ने लेख्ने खोजी । खेल्ने साथीको खोजी । मिल्ने साथीको खोजी । दया गर्नेको खोजी । माया गर्नेको खोजी । स्कूल अनि कलेजको खोजी । प्रेमको खोजी । प्रेमिकाको खोजी । जीवन साथीको खोजी । बालबच्चाको खोजी । सरल जीवन यापन खातिर जागिरको खोजी । जागिर पाए प्रोमोसनको खोजी । प्रोमोसन पाए राम्रो ठाउँ पोष्टिङको खोजी । राम्रो ठाउँ पोष्टिङ पाए खल्ती भर्ने बाटोको खोजी । खल्ती भरिए खर्च गर्ने ठाउँको खोजी । छोरी बडे ज्वाईं र छोरा बडे बुहारीको खोजी । नातीनतिनाको खोजी । कति खोजी कति ।

फेरी आधुनिकताको खोजी । टेलिफोन आयो डायल गर्ने नम्बरको खोजी । टिभी आयो च्यानलको खोजी च्यानल आयो । राम्रो प्रोग्रामको खोजी । रिमोटको खोजी झनै रमाईलो, घर भरीका सदस्यको खोसाखोस । रिमोट पायो बटन कुन दबाउने खोजी बटन दबायो भोलमको खोजी । मोबाईल आयो कुन ब्राण्डको किन्ने भन्ने खोजी । किन्यो कस्लाई कल गर्ने भन्ने खोजी । अनेकन एप्सहरू आए सबैको परीक्षण खोजी । टिकटक आयो भिडियोको खोजी । भिडियो पायो राम्रो र मीठो खालको भिडियोको खोजी । यता खोजी उता खोजी । खोजी गर्दा गर्दा नथाकिने । न दिनमा थकाई छ न रातमा निन्द्रा । १२ बजे सुत्यो ३ बजे उठ्यो निन्द्रा हराएर अरुथोक कै खोजी । जोडी हककुदा त रातमा एकपल्ट ब्युझिनु नित्यकर्म जस्तै होला र हुनु पनि पर्दो हो ।

अरु चिजको खोजी त थियो थियो कल्पना पनि नसुत्ने हैट, जिन्दगी । दिनमा दिनकै खोजी रातमा सपनाको खोजी । कहिले बिपनाको खोजी, कहिले सपनाको खोजी । सम्झनालाई तिलान्जली दिँदै नयाँ नयाँ सृजनाहरू लाईन लगायो अनि परेड खेलायो । आफूलाई हात लाग्यो शून्य । शून्य पनि सानो भएपो चित्त बुझाउनु अष्ट्रिचको अण्डा जत्रो शून्य । प्रश्न गर्‍यो जवाफको खोजी । जवाफ दियो प्रतिक्रियाको खोजी । जीवन त गोताखोर नै रहेछ नि । यो जिन्दगीको समापन पछि के को खोजी हुने होला ? वास्तवमा यो जीवित जिन्दगी त खोजीमा नै बित्ने रहेछ ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x