साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेट्टाउला ह्याकुलो

नेपाली जन आमका पिठिउँमा लाग्दैन घामै यहाँ कालो रात छ देशभित्र अहिले अन्याय मात्रै जहाँ बस्छन् भ्रष्ट लुकेर न्यायबिच नै पारेर नौलो दुलो चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

पारे दोहन माझ देश जनता लुट्दै गए अस्मिता
पुर्खाको सुखस्वर्ग झैँ मुलुक यो पारे अँधेरी चिता
भोको पेट लिएर शान्त रहनु पालेर हात्ती ठुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥१

नेपालीकन भोलिको छ सपना वाचा गरे भोलि रे
झुक्याईकन भ्रष्ट दुष्ट जनले आफैँ भरे झोली रे
घुम्छन् बार ऋतु र वर्ष महिना जस्तै धरा बाटुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥२

भ्रष्टाचार बनी पहाड ठडियो मान्छे परे ओसमा
सामन्ती परिवार दास अहिले पर्छन् बडा पोसमा
नेताले जब जोड्दछन् खरब औ टट्टी सुनैको चुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥३

नेपाली जन आमका पिठिउँमा लाग्दैन घामै यहाँ
कालो रात छ देशभित्र अहिले अन्याय मात्रै जहाँ
बस्छन् भ्रष्ट लुकेर न्यायबिच नै पारेर नौलो दुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥४

थोरै आस छ दीनहीन जनमा होला उज्यालो भनी
कोही मर्द उदाउला मुलुकमा श्री कृष्ण जस्तो बनी
पार्ला भ्रष्ट गबारका र खलका सारा दुराशा धुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x