साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेट्टाउला ह्याकुलो

नेपाली जन आमका पिठिउँमा लाग्दैन घामै यहाँ कालो रात छ देशभित्र अहिले अन्याय मात्रै जहाँ बस्छन् भ्रष्ट लुकेर न्यायबिच नै पारेर नौलो दुलो चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

पारे दोहन माझ देश जनता लुट्दै गए अस्मिता
पुर्खाको सुखस्वर्ग झैँ मुलुक यो पारे अँधेरी चिता
भोको पेट लिएर शान्त रहनु पालेर हात्ती ठुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥१

नेपालीकन भोलिको छ सपना वाचा गरे भोलि रे
झुक्याईकन भ्रष्ट दुष्ट जनले आफैँ भरे झोली रे
घुम्छन् बार ऋतु र वर्ष महिना जस्तै धरा बाटुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥२

भ्रष्टाचार बनी पहाड ठडियो मान्छे परे ओसमा
सामन्ती परिवार दास अहिले पर्छन् बडा पोसमा
नेताले जब जोड्दछन् खरब औ टट्टी सुनैको चुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥३

नेपाली जन आमका पिठिउँमा लाग्दैन घामै यहाँ
कालो रात छ देशभित्र अहिले अन्याय मात्रै जहाँ
बस्छन् भ्रष्ट लुकेर न्यायबिच नै पारेर नौलो दुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥४

थोरै आस छ दीनहीन जनमा होला उज्यालो भनी
कोही मर्द उदाउला मुलुकमा श्री कृष्ण जस्तो बनी
पार्ला भ्रष्ट गबारका र खलका सारा दुराशा धुलो
चौरासीतक पर्ख है मनुज हो भेट्टाउला ह्याकुलो ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x