साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहाँ छन् गफै गफ !

नक्कली प्रशंसा र नक्कली काम-कुरा गरी दुनो सोझ्याउन सदा दाउ हेरिरहने, आफ्नो गरिबी समस्या हल गर्न कैयौँ शोषकका नौनी घिउ दलेर गोडा मल्ने, नत्र मुड्की पनि उज्याउने, बहुरूपीहरूका पातमा पातभए झैँ वातमा बात हुँदा टीका-टिप्पणी प्रशस्त तन्किन्छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

माटाको महिमा
मान्छेमा परिपक्वता आएपछि (सायद, आएको भान भएपछि होला !) हार्दिकताले भन्दा दार्शनिकताले ङ्याक्न थाल्छ रे भन्थे । दार्शनिकता आउँदा मान्छेले माटो पनि चिन्दो रछ भन्ने यसमा गफडीको थप कुरा छ । किन भन्नुहोला भने भकुन्डो उफ्रिन्छ- हावा हुन्जेल, हावा खुस्किएपछि त माटामा ‘त्वं शरणम्’ उसले गर्नुपर्छ । गफडीले यसै टिलाले हेरिरहेछ- उफ्रन्ताम् कम्पनीहरू महाकवि देवकोटा आखिरमा ‘एकै श्रीकृष्ण’ को सरनमा परेकै माटाको सरनमा पर्छन् । हुन पनि जन्मँदा माटामा जन्मनुपर्छ, उफ्रँदा पनि माटाकै आधार लिनुपर्छ र जिब्रो टोक्दा त झन् आकाशवाट ओर्लिएर धर्तीमाताका शरणमा नै लम्पसार हुनुपर्छ- जिलीगाँठी यस्तो छ । अनि त यो पदमा गए पनि र ऊ पदमा पुगे पनि, यसो गरे पनि र उसो गरे पनि ‘घुमीफिरी रुम्जैटार जस्तो माटो कन्याउनुपर्छ ।

यसरी विचार गर्दा गफडी पनि आफ्ना हवाइगफमा नियन्त्रण गर्न चाहन्छ, हवाइगफलाई नियन्त्रण गरी माटामा मिल्ने बनाउन चाहन्छ, तर पनि हजुर ! गफडी पनि यहाँका माटाको साधारण मनुख्खे रहेछ, मेची-देउनियाँ खाल्टामा निसासिएको एउटा हाड-मासुले बनेको साधारण जिउ रहेछ, विभिन्न चर्तिकला र फाइँफुट्टी, विभिन्न धाक, धक्कू र घुर्की, विभिन्न स्मगलिङ र कालाबजारी, चोरवजारी, विभिन्न चतुर्‍याइँ र सिल्ल्याइँ, यदा-कदा त विभिन्न अत्तो थाप्ने र सराप्ने गालीगलोज गर्नेसमेतका फोस्रा कुरा हुँदा रहेछन् । यिनै कारणले गर्दाखेरि हवाइ-गफतिर तन्किन ऊ पनि बाध्य हुँदोरहेछ- जदौ है हजुर जदौ ! गफडीको जदौ । आच्चे ! (के जातिले भाषण गर्दा भने झैँ) अनि त यता उता गर्दा हवाइ-कम्पनीहरू यदा-कदा माटामा पनि झर्दा रहेछन् । अनि त गफडी भन्छ- यस वास्तविकतालाई कोनि कुन कविले कवितामा भने झैँ स्वागत छ । स्वागत छ !

रणभुल्ल मार्ग !
गफडी त गफ गर्छ है रनभुल्ल विषयमा । यता पनि ठिक र उता पनि ठिक । भयो भने मान्छे कुहिराको काग हुन्छ, बुझ्दैन मान्छे भनी किन म चोसो पसारूँ ? तर कुरो हो गाँट्ठी । झन् आफू नहिँड्ने बाटो आफू घिसारियो भने त कठै हजुर ! भ्यागुता र माछालाई पानी चाहिन्छ, तर भ्यागुतालाई कुवा राम्रो लाग्छ र माछालाई पोखरी, अनि बाँदरलाई भ्याम्म परेको रुख । कुरोमा कुरो त हो नि- खिच्चा कुकुरलाई स्याउ-ख्याउँ गर्ने एक नत कुनै विषय चाहिन्छ र अर्को गल्लीमा लठारिनु पनि पर्छ ।

यी उदाहरणवाट गफडी के विचार गर्छ भने जीवन-जनावरका आफ्ना आफ्ना मार्ग हुन्छन्, तर उसले रनभुल्ल हुन भने हुँदैन । जग्गा विकासकरको मार्ग खर्च गर्ने मात्र भयो भने रनभुल्लिन्छ नि । अनि पत्रकारको बाटो स्वस्थ विचार पोस्ने हो- कसैलाई भुक्ने होइन । भुक्न थाल्यो भने पाठक लाटो हुँदैन नि । प्रशासनमा बसेर काम गर्नेहरूलाई राष्ट्रसेवक भन्ने चलन छ भने अड्डामा यिनले जनता कुराउनु, ढिलासुस्ती गरेर बराबर कुधाउनु पनि हुँदैन नि । गफडीले यो कुरा किन भन्दैछ भने स्वयम् गफडी काइदाका गफ छाडी रनभुल्लिन्छ कि भनी केही मात्र सचेतता दर्साइटोपल्न चाहन्छ । (सलाम है हजुर । सलाम । गल्ती भयो कि ? क्षमा पाऊँ । हुन पनि सक्छ !!

जति र जसरी वाँधे पनि उही गाँठो !
एउटा भन्थ्यो रे (थेगो छ है पर्नु हो गफडीको । जसरी बाँध, जति बाँध, जस्तो बाँध, जताबाट बाँध, कुरो हो गाँठो पार्ने जसरी पनि गाँठो परिहाल्छ भनेझैँ हाम्रा गफ काइदाका हुनु पर्‍यो । आफूलाई बुजु्रक ठान्नेले अरुलाई भुच्चुक ठान्दा त्यो कस्तो बुजुक रहेछ । अहिंसावादी गान्धीले मुड्की उज्याएकै भएन हजुर यो पारा ? गफ होइन-कुरा भन्छु, ठट्टा होइन साँचो पनि । आफू म्याट्रिक आई ए गर्न नसकेर सिडौरी खेल्नेहरूले आफ्नो पुस्ता र आफू नगनी अरूका सात पुस्ता गनेर मूर्ख बनाउनु भन्नोस् त कस्तो कुफी हो ? हरे ! हरे ! गफडीले कान थुने पनि र आँखा बन्द गरे पनि यस्ता यस्ता कुरा सुन्नुपर्छ र हेर्नुपर्छ ! अनि त आफ्ना आस्थामा अडिग बलवानहरूको बल खत्तम गर्न आफ्नो नाभिदेखिको बल खर्च गर्ने उरन्ठ्याउला देख्दा गफडी कति पटक मुर्छा पर्दै बौरिएको छ । (जो उही गाँठो पार्ने कुरा भयो !)

पातमा पात ! बातमा बात !
आफूलाई माटाको त, (साँच्चै है ।) बनाउनैपर्छ, तर आफूलाई नै त्यसै आफै- आफ भएर माटाको लाउके ठान्ने, तर सकेसम्म माटाबाट उठेका कर हडप्ने सक्दो चाल गर्ने, नक्कली प्रशंसा र नक्कली काम-कुरा गरी दुनो सोझ्याउन सदा दाउ हेरिरहने, आफ्नो गरिबी समस्या हल गर्न कैयौँ शोषकका नौनी घिउ दलेर गोडा मल्ने, नत्र मुड्की पनि उज्याउने, बहुरूपीहरूका पातमा पातभए झैँ वातमा बात हुँदा टीका-टिप्पणी प्रशस्त तन्किन्छन् । गफडी केमा चित्त बुझाउँछ भने आखिर मान्छेको तिन गज जमिनमा सुत्ने चोला हो रे । अथवा खरानी भई माटामा मिल्ने चोला हो रे । अनि यसैले मर्दा-पर्दा माटाकै वंशजहरु चाहिन्छन् पनि भन्छन्, त्यसैले यो विचार गरी सबैले गफ गरौँ ।

गफडी के भन्दैन भने गफ गर्दै नगरौँ, खुब गफ छाँटी पनि तर माटामा बसेर, माटाका हितमा, माटामा मल-जल हालिने गरी कुरा कथुरौँ । अनि बोल्दा बोलौँ- आफ्ना आस्थामा अडिग भएर, अनि हामी रनभुल्लिने प्रवृत्तिवाट पनि सदा सावधान रहौँ । ज्यू, हुन् यी गफडीका गफ नै । काम लाग्ने भए ‘त्वदीय वस्तु’ त्यसो भए ‘तुभ्यमेव समर्पये’ । काम नलाग्ने भए माटामा त्यसै बिलाउन्, आकाशमा हराउन् ! आजलाई विदा पाऊँ । नमरी बाँचे काताले साँचे फेरि पनि गफ गरौँला । अर्थात् आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क २०, २०३५
गफडीका गफ (२०६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x