साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दया लागेर आउँछ

यी उनको कुरा काटेर नथाक्नेहरू उनैलाई अगुवा बनाएर उत्सव मनाउँछन् मलाई यी महाजनको अक्टोपस प्रवृत्तिभन्दा बेसी दहीचिउरे जमातको दया लागेर आउँछ ।

Nepal Telecom ad

युवराज भण्डारी :

मास्टर दृष्टान्त दिँदै पढाउँथे
पण्डित शास्त्र सम्झँदै अर्थ्याउँथे
बुबा हरेक दिन संस्कार सिकाउँथे
दया, करुणाको पाठ बारम्बार घोकाउँथे ।

सायद त्यही कारण होला
मभित्र दयासागर नै उर्लेको छ
मानिस भएपछि
दया सबै जीवको बराबर लाग्नुपर्ने हो
तर मलाई
मानवीय प्रवृत्ति अद्भूत लाग्छ
त्यसैले सबैभन्दा बेसी
मानिसकै दया लागेर आउँछ ।

देख्यौ नि उनलाई ?
यो समाजको नजरमा
उनी ठूला समाजसेवी हुन्
दिनभरि समाजसेवा
रातभरि काठ तस्करी गर्छन् ।

उनी सबै जीव-जीवात्माको साझा संसारलाई
आफ्नो पेवा ठानेर दिनहुँ
वातावरणलाई बलि चढाउँछन्
तर
जब दुनियाँ
उनलाई सम्मानित गर्दै
सहअस्तित्व र पर्यावरण संरक्षणको महत्त्व
उनीबाट बुझ्छ
मलाई उनको भन्दा ज्यादा
उनलाई खादा पहिराउनेको
दया लागेर आउँछ ।

उनलाई हेर
यो शहरको एक अरबपति
फोहोरको डङ्गुर खोतल्दै छन्
अवकाशको कमाइ भन्दै
फोहोरमा मोहोर खोज्दै हिँड्छन्
बोतल र कागज बेच्न पसल पसल चहार्छन्
यो उनको रोग हो या लोभ भगवान् नै जानून्
मलाई भने उनको भन्दा बेसी
वातावरणप्रति गैरजिम्मेदार समाजको
दया लागेर आउँछ ।

ऊ उता हेर
एक धनाढ्य बजारतिर जाँदै छन्
जब त्यो चोकमा पुग्छन्
सधैँ त्यो भिखारीसँग
खर्चको समस्या देखाउँछन्
त्यो बेला मलाई भिखारीको भन्दा बढी
ती महाजनको दया लागेर आउँछ ।

पर्तिर हेर
मास्टर्नी नानी
सजिसजाउ त्यो गरिब बस्तीतिर जाँदै छिन्
जब चौतारोमा
झुत्रेझाम्रे भोकले पिल्सिएका अनुहार देख्छिन्
मासुभात, भोज र मोजको गफ चुट्न थाल्छिन्
मलाई ती भोका पेटलाई
‘कठै’ मात्र भन्न मन लाग्छ
मास्टर्नी नानीको भने साह्रै दया लागेर आउँछ ।

उनको चाला हेर
उनी नवधनाढ्य हुन्
शहरमा उनका दशौँ घर छन्
हरतरहका दलालीले नपुगेर
मानव-तस्करी गर्छन्
अनि, दुनियाँको मुखेन्जी
सेवा र सत्सङ्ग रट्छन्
तर, जब अरू बेला
यी उनको कुरा काटेर नथाक्नेहरू
उनैलाई अगुवा बनाएर
उत्सव मनाउँछन्
मलाई यी महाजनको
अक्टोपस प्रवृत्तिभन्दा बेसी
दहीचिउरे जमातको दया लागेर आउँछ ।

०००
हालै प्रकाशित कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x