साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तन्नेरीका चिन्तन

तन्नेरी उठ उठ्नु पर्छ अहिले, जागा र ताजा हुँदै । मात्रै चाकर वृद्धको कति हुने, पुड्का र भुँड्का रूँदै॥ स्वार्थी फेलर भ्रष्टकै पछि हिँडे तारूण्य बेकार छ । दासै दास र भाटमात्र गनिए तारूण्य धिक्कार छ ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

तन्नेरी उठ उठ्नु यो नियम हो, हामी खुशी बन्दछौँ ।
तिम्रै पौरख पोखिँदा मुलुकमा, हामी सबै रम्दछौँ ॥
होओस् कानुनराज देशभर नै भन्ने इरादा बुनी ।
छान्यौँ सांसदमा युवाजन कयौँ हिँड्छौ गफाडी बनी । १॥

राजा झैँ सुविधा र सोख रमिता, गर्दै हिँडे वृद्धले
मात्रै मोज र भोज जीवन भनी, ठम्याउँदै चित्तले ॥
वाचा बिर्सिदिए गरेर झगडा, अन्योल भो देशमा ।
बूढाका पगरी थुतेर अहिल्यै राख्द्यौ नयाँ केशमा ॥२॥

तन्नेरी उठ उठ्नु पर्छ अहिले, जागा र ताजा हुँदै ।
मात्रै चाकर वृद्धको कति हुने, पुड्का र भुँड्का रूँदै॥
स्वार्थी फेलर भ्रष्टकै पछि हिँडे तारूण्य बेकार छ ।
दासै दास र भाटमात्र गनिए तारूण्य धिक्कार छ ॥३॥

नौला दृष्टि सुसृष्टि लक्ष्य नभए, तारूण्य चित्कार हो ।
नेपाली जनभावना बुझिदिने, तारूण्य स्वीकार हो ॥
उस्तै कार र हार भव्य बङला भोगी गरे चिन्तन ।
के झुल्कन्छ बिहान देशभरि नै ? उम्दा नभै मन्थन ॥४॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x