सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तन्नेरीका चिन्तन

तन्नेरी उठ उठ्नु पर्छ अहिले, जागा र ताजा हुँदै । मात्रै चाकर वृद्धको कति हुने, पुड्का र भुँड्का रूँदै॥ स्वार्थी फेलर भ्रष्टकै पछि हिँडे तारूण्य बेकार छ । दासै दास र भाटमात्र गनिए तारूण्य धिक्कार छ ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

तन्नेरी उठ उठ्नु यो नियम हो, हामी खुशी बन्दछौँ ।
तिम्रै पौरख पोखिँदा मुलुकमा, हामी सबै रम्दछौँ ॥
होओस् कानुनराज देशभर नै भन्ने इरादा बुनी ।
छान्यौँ सांसदमा युवाजन कयौँ हिँड्छौ गफाडी बनी । १॥

राजा झैँ सुविधा र सोख रमिता, गर्दै हिँडे वृद्धले
मात्रै मोज र भोज जीवन भनी, ठम्याउँदै चित्तले ॥
वाचा बिर्सिदिए गरेर झगडा, अन्योल भो देशमा ।
बूढाका पगरी थुतेर अहिल्यै राख्द्यौ नयाँ केशमा ॥२॥

तन्नेरी उठ उठ्नु पर्छ अहिले, जागा र ताजा हुँदै ।
मात्रै चाकर वृद्धको कति हुने, पुड्का र भुँड्का रूँदै॥
स्वार्थी फेलर भ्रष्टकै पछि हिँडे तारूण्य बेकार छ ।
दासै दास र भाटमात्र गनिए तारूण्य धिक्कार छ ॥३॥

नौला दृष्टि सुसृष्टि लक्ष्य नभए, तारूण्य चित्कार हो ।
नेपाली जनभावना बुझिदिने, तारूण्य स्वीकार हो ॥
उस्तै कार र हार भव्य बङला भोगी गरे चिन्तन ।
के झुल्कन्छ बिहान देशभरि नै ? उम्दा नभै मन्थन ॥४॥

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बाल्छन् कयौँले चुलो

बाल्छन् कयौँले चुलो

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
भुँडेहरूका क्रन्दन

भुँडेहरूका क्रन्दन

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’