डिल्लीप्रसाद अधिकारीकाल
तीन घण्टा पछि उनी ड्राइभर र सपत्निक उपस्थित भए । पत्नीको अनुहार उज्यालो थियो र आउनेबित्तिकै उनले पानी आफैँ सारेर खाइन् र मसँग उनीहरूको आत्मियता प्रमाणित गरिन् । वाह ! घरमा म एक्लै थिएँ ।

डिल्लीप्रसाद अधिकारी :
जिवित मान्छे काल आएपछि मर्छ । काललाई टार्न सकिँदैन । कतिपय समयमा भगवान कृष्णले भने समयको गतिलाई रोकेको पाइन्छ ।
“काल भनेको समयकै पर्यायवाची त हो”- भन्दै नवीनले अझ थपे- “मान्छे बिमारीले मर्दैन कालले मर्छ” -नवीन सर ओशो पूजक हुन् तर आफैँलाई नास्तिक हुँ भन्छन् ।
“नास्तिकले कसैमाथि आस्था राख्तैन भने तपाईं ओशोमा आस्था राख्दै हुनुहुन्छ । ओशोलाई पनि भगवान रजनिस भन्छन् होइन ?” – मैले सोधेँ ।
“म ओशोमा होइन उसको दर्शनमा आस्था राख्छु ।”- भने नवीनले । उनी पूणर्रूपले भौतिक छन् । भगवान मान्दैनन् । नवीनका घरमा पूजापाठ हुँदैन । तर उनका नानीहरू भने पढ्नमा ज्ञानी छन् । पुस्तकलाई प्रेम गर्छन् । चाणक्यले भनेका छन् भनेर नानीहरूलाई नवीन चाबुकले तह लगाउँदै छन् । चाबुकले मात्र तह लाउन सकिने त उसकी स्वास्नी छ र चाणक्यले “स्वास्नीलाई पनि बेला बेला चाबुक लाउनुपर्छ” भनेको उनले पढेका छैनन् होला नत्र त उनी चाणक्य दर्शन पनि फलाक्ने गर्छन् क्वै बेला । कि नारीवादको छाप उनमा गहिरो छ र हो कि ?
ओशोमा लिप्त उनी सम्भोगद्वारा समाधि लिने योजनामा छन् । बातचितमा नवीन ओशो दर्शनका कुरा फलाक्न भुल्दैनन् र अरूका कुरा काट्दा उनलाई आनन्द हुन्छ । साह्रै बेसी बोल्छन् अतिथिसँग । उनले बोलेपछि अरुले चुपचाप बस्नु मात्र हो ।
आफ्ना भाइ भतिजालाई उनी सानो गल्लीमा पनि ठूलो सजाय दिएर महान् बन्ने गर्छन् भने आफ्नो नोकरलाई समानताको भाव राख्न सँगै खाना खान्छन् ।
थुप्रै विशेषता भएका नवीन सरले एकदिन मलाई फोन गरे र भने- “म तपाईंकहाँ आउँदै छु । एक घण्टामा आइपुग्छु ।”
म खाजा बनाएर उनलाई पर्खिरहेँ । तीन घण्टा पछि उनी ड्राइभर र सपत्निक उपस्थित भए । पत्नीको अनुहार उज्यालो थियो र आउनेबित्तिकै उनले पानी आफैँ सारेर खाइन् र मसँग उनीहरूको आत्मियता प्रमाणित गरिन् । वाह ! घरमा म एक्लै थिएँ । उनको ड्राइभरले भन्यो- “सरले आफैँ गाडी हाक्नुभयो । गाडी ट्रकसँग ठोकियो । झण्डै कालका मुखमा परियो। सरको भूल थिएन । तर ड्राइभरसँग के मुख लाग्नु ?”
काल त्यसरी पनि आउँदो रहेछ । धन्य कसैलाई क्यै भएनछ । सबै खाजा खान थाले मैले पनि खाएँ ।
अब यो कथा लेखिसकेपछि नवीन, उनकी पत्नी र ड्राइभरले खाजा खाएका भाँडाकुँडा टेबलबाट उठाएर समयमै माझ्नु मेरो परम कर्तव्य छ ।
०००
इण्डिया
Subscribe
Login
0 Comments
Oldest







































