साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काल

तीन घण्टा पछि उनी ड्राइभर र सपत्निक उपस्थित भए । पत्नीको अनुहार उज्यालो थियो र आउनेबित्तिकै उनले पानी आफैँ सारेर खाइन् र मसँग उनीहरूको आत्मियता प्रमाणित गरिन् । वाह ! घरमा म एक्लै थिएँ ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

जिवित मान्छे काल आएपछि मर्छ । काललाई टार्न सकिँदैन । कतिपय समयमा भगवान कृष्णले भने समयको गतिलाई रोकेको पाइन्छ ।
“काल भनेको समयकै पर्यायवाची त हो”- भन्दै नवीनले अझ थपे- “मान्छे बिमारीले मर्दैन कालले मर्छ” -नवीन सर ओशो पूजक हुन् तर आफैँलाई नास्तिक हुँ भन्छन् ।

“नास्तिकले कसैमाथि आस्था राख्तैन भने तपाईं ओशोमा आस्था राख्दै हुनुहुन्छ । ओशोलाई पनि भगवान रजनिस भन्छन् होइन ?” – मैले सोधेँ ।
“म ओशोमा होइन उसको दर्शनमा आस्था राख्छु ।”- भने नवीनले । उनी पूणर्रूपले भौतिक छन् । भगवान मान्दैनन् । नवीनका घरमा पूजापाठ हुँदैन । तर उनका नानीहरू भने पढ्नमा ज्ञानी छन् । पुस्तकलाई प्रेम गर्छन् । चाणक्यले भनेका छन् भनेर नानीहरूलाई नवीन चाबुकले तह लगाउँदै छन् । चाबुकले मात्र तह लाउन सकिने त उसकी स्वास्नी छ र चाणक्यले “स्वास्नीलाई पनि बेला बेला चाबुक लाउनुपर्छ” भनेको उनले पढेका छैनन् होला नत्र त उनी चाणक्य दर्शन पनि फलाक्ने गर्छन् क्वै बेला । कि नारीवादको छाप उनमा गहिरो छ र हो कि ?

ओशोमा लिप्त उनी सम्भोगद्वारा समाधि लिने योजनामा छन् । बातचितमा नवीन ओशो दर्शनका कुरा फलाक्न भुल्दैनन् र अरूका कुरा काट्दा उनलाई आनन्द हुन्छ । साह्रै बेसी बोल्छन् अतिथिसँग । उनले बोलेपछि अरुले चुपचाप बस्नु मात्र हो ।

आफ्ना भाइ भतिजालाई उनी सानो गल्लीमा पनि ठूलो सजाय दिएर महान् बन्ने गर्छन् भने आफ्नो नोकरलाई समानताको भाव राख्न सँगै खाना खान्छन् ।

थुप्रै विशेषता भएका नवीन सरले एकदिन मलाई फोन गरे र भने- “म तपाईंकहाँ आउँदै छु । एक घण्टामा आइपुग्छु ।”

म खाजा बनाएर उनलाई पर्खिरहेँ । तीन घण्टा पछि उनी ड्राइभर र सपत्निक उपस्थित भए । पत्नीको अनुहार उज्यालो थियो र आउनेबित्तिकै उनले पानी आफैँ सारेर खाइन् र मसँग उनीहरूको आत्मियता प्रमाणित गरिन् । वाह ! घरमा म एक्लै थिएँ । उनको ड्राइभरले भन्यो- “सरले आफैँ गाडी हाक्नुभयो । गाडी ट्रकसँग ठोकियो । झण्डै कालका मुखमा परियो। सरको भूल थिएन । तर ड्राइभरसँग के मुख लाग्नु ?”

काल त्यसरी पनि आउँदो रहेछ । धन्य कसैलाई क्यै भएनछ । सबै खाजा खान थाले मैले पनि खाएँ ।
अब यो कथा लेखिसकेपछि नवीन, उनकी पत्नी र ड्राइभरले खाजा खाएका भाँडाकुँडा टेबलबाट उठाएर समयमै माझ्नु मेरो परम कर्तव्य छ ।

०००
इण्डिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x