साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुलुस

मैले तिनै छिमेकीलाई “के भयो ?” भनेर सोधेँ । उनले भने- "गजेन्द्रबाबूले चुनाव जितेछन् । त्यसैको जुलुस हो यो ।"

Nepal Telecom ad

आर.आर. चौलागाईं :

एकदिन मेरो घरअगाडिबाट एउटा ठूलो जुलुस आयो । जुलुसका नाराहरू यस्ता थिए-
“गजेन्द्रे चोर, देश छोड ।”
“हत्यारा गजेन्द्रेलाई, फाँसी दे ।”

मैले छिमेकीलाई “के भयो ?” भनेर सोधेँ । उनले भने- “गजेन्द्रे गुन्डाले आज एउटी केटीलाई बलात्कार गरेर मारेछ । त्यसैको जुलुस हो यो ।”

जुलुसको नेतृत्व मेरै टोलका श्रीभद्र, सूर्यमान, बखतबहादुर, बद्री, रामचन्द्र आदिले गरेका थिए ।

यो घटना घटेको लगभग छ महिनापछि मेरै घर अगाडिबाट फेरि एउटा ठूलो जुलुस आयो । जुलुसका नाराहरू यस्ता थिए-
“यो जित कसको ? जनताको ।”
“जनता कसको ? गजेन्द्रको ।”

मैले तिनै छिमेकीलाई “के भयो ?” भनेर सोधेँ । उनले भने- “गजेन्द्रबाबूले चुनाव जितेछन् । त्यसैको जुलुस हो यो ।”

जुलुसको नेतृत्व मेरै टोलका तिनै श्रीभद्र, सूर्यमान, बखतबहादुर, बद्री, रामचन्द्र आदिले गरेका थिए ।

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x