
नेताको नियति
अन्तका नेता सेवा गर्छन्, हाम्रा नेता मेवा खोज्छन् । अन्तका नेता साह्रै जिम्मेवारी हुन्छन्, हाम्रा नेता भने विवादका भारी हुन्छन् ।

लक्ष्मी रिजाल :
अन्तका नेता इमानदार हुन्छन्,
हाम्रा नेता मात्र व्यापार गर्छन् ।
अन्तका नेता स्वच्छ छवि हुन्छ,
हाम्रा नेता भ्रष्ट मात्र साबित हुन्छ ।
अन्तका नेता जनता हेर्छन्,
हाम्रा नेता आफ्नै पेट भर्छन् ।
अन्तका नेता कसम खान्छन्,
हाम्रा नेता कसम तोड्न जान्छन् ।
अन्तका नेता सेवा गर्छन्,
हाम्रा नेता मेवा खोज्छन् ।
अन्तका नेता साह्रै जिम्मेवारी हुन्छन्,
हाम्रा नेता भने विवादका भारी हुन्छन् ।
अन्तका नेता कर्ममा रमाउँछन्,
हाम्रा नेता कुर्सीमै हराउँछन् ।
अन्तका नेताले देशलाई बनाउँछन्,
हाम्रा नेताले भने देशलाई बेचाउँछन् ।
अन्तका नेता शान्ति ल्याउँछन्,
हाम्रा नेता कुर्सीमा किचलो चलाउँछन् ।
अन्तका नेता गुनगान गाउँछन्,
हाम्रा नेता झुटो भन्दाभन्दै लाज पचाउँछन्।
०००
– सप्तरी, कञ्चनरूप- १२
Subscribe
Login
0 Comments
Oldest