साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको नियति

अन्तका नेता सेवा गर्छन्, हाम्रा नेता मेवा खोज्छन् । अन्तका नेता साह्रै जिम्मेवारी हुन्छन्, हाम्रा नेता भने विवादका भारी हुन्छन् ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

अन्तका नेता इमानदार हुन्छन्,
हाम्रा नेता मात्र व्यापार गर्छन् ।
अन्तका नेता स्वच्छ छवि हुन्छ,
हाम्रा नेता भ्रष्ट मात्र साबित हुन्छ ।

अन्तका नेता जनता हेर्छन्,
हाम्रा नेता आफ्नै पेट भर्छन् ।
अन्तका नेता कसम खान्छन्,
हाम्रा नेता कसम तोड्न जान्छन् ।

अन्तका नेता सेवा गर्छन्,
हाम्रा नेता मेवा खोज्छन् ।
अन्तका नेता साह्रै जिम्मेवारी हुन्छन्,
हाम्रा नेता भने विवादका भारी हुन्छन् ।

अन्तका नेता कर्ममा रमाउँछन्,
हाम्रा नेता कुर्सीमै हराउँछन् ।
अन्तका नेताले देशलाई बनाउँछन्,
हाम्रा नेताले भने देशलाई बेचाउँछन् ।

अन्तका नेता शान्ति ल्याउँछन्,
हाम्रा नेता कुर्सीमा किचलो चलाउँछन् ।
अन्तका नेता गुनगान गाउँछन्,
हाम्रा नेता झुटो भन्दाभन्दै लाज पचाउँछन्।

०००
– सप्तरी, कञ्चनरूप- १२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x