साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाइपास

अनि केही महिनाको भाडापनि नदिएर गए छ भन्दै नभनी। यसता डाँकाको सिफारीस गर्ने हजुर जस्तो मानिसले !"- उताबाट उल्टै घरबेटीले हकार्दै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“दशैं तिहार पनि गयो अब कतै घुम्न जानुपर्छ कि ? “- महिपालले समूहमा कुरा राख्यो।

जाउँन मित्र अचेल खासै चिसो तातो पनि छैन यस्तो मौसममा घुम्नपर्छ।” नैनसिंह ले पनि महिपालको बिचारमा थप सहमति जनाउँदै भन्यो।

“सबैसँग छलफल गरौँ र कतै भ्रमणको परिपाटी मिलाउँनु पर्छ।” महिपालले भन्यो।
“सबैमा त लागु गर्ने हो छलफल त हजुर हामिले मात्र गर्नुपर्छ। सबैसँग छलफल गर्दा निर्णय गर्न गारो पर्छ।” नैनसिंहले भन्यो।

“ठिकै छ त्यसोभए कसरी र कहाँ जाने बजेट कसरी उठाउने ?”- महिपालले सुस्तरी कुरा राख्यो।
“हामीले बनाएको योजनामा सबै सहमत होलान् ?’-नैनसिंहले आशङ्का व्यक्त गर्यो।
“सहमत त गराउनु पर्छ ; बरू बजेट पारदर्शी हुनुपर्छ पछि हामीलाई घाटा नलागोस्।”- महिपालले भन्यो।

“केको घाटा लाग्ने समूहमा जम्मा रकमबाट घुम्नुपर्छ त्यसैमा खुल्ला खर्च हुन्छ ।कसैसँग पैसा उठाउनु पनि पर्दैन बरू मैले राधेलाई दश लाख चुपचाप कसैलाई थाहा नदिएर व्याजमा दिएको छु।
राधेलाई फोन गरेर सोधौँ त्यो समूहको पैसा उसैलाई दिएका केहि महिना देखि ब्याज आएको छैन। दुई रूपियाँ व्याजमा त्यही व्याजबाट हामि सबै घुमन् पुग्छ।”- नैनसिंहले भन्यो र राधेलाई फोन लगायो।

तर धेरै पटक फोन लगाउँदा पनि उसको फोन लागेन।उसको घर मालिकलाई फोन लगाएर सोध्यो।रूम भाडामा उसैले दिलाएको थियो।

“राधेको फोन लागेन कता छ ? अरू कुनै फोन नम्वर छ सर ? “-नैनसिंहले राधेको घरमालिकलाई सोध्यो।

“उसले त दुई दिन पहिले रूम घाली गरेर भाग्यो नि हजुर। बाहिर दोकानको पनि बीश हजार तिरेको छैन् ।

हजुर आएर भुक्तानी गराइदिन पर्यो। अनि केही महिनाको भाडापनि नदिएर गए छ भन्दै नभनी। यसता डाँकाको सिफारीस गर्ने हजुर जस्तो मानिसले !”- उताबाट उल्टै घरबेटीले हकार्दै भन्यो।

०००
दाङ घोराही १८
०९- ११ -२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x