साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय चाकरी प्रतियोगिता

राष्ट्रभरी नै फैलिएको यो चाकरिवादको आघोषित प्रतिष्पर्धा वास्तवमै त्यति नै राम्रो छ जत्तिको घुसखोरी, कमिशनखोरी, नातावाद, कृपावाद, झोलेवाद, टोलेवाद, बलवाद छलवाद जस्ता ढलहरू छन् ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

संसारमा रुँदै रुँदै भए पनि बाँच्न चाहिँ सक्नुपर्छ अनेक कुरा दृष्टिको शिकार बन्न आइपुग्छन् । तिनै अनेक कुरा मध्ये एक हो- राष्ट्रिय चाकरी प्रतियोगिता । हुन त यो आयोजित प्रायोजित घोषित प्रेषित केहि पनि होइन । तैपनि यो देशका हरेक कुना काप्चामा हरेक कान्ला खोँचमा हरेक उन्नत सोचमा हरेक डाँडामा छाडामा नजिकमा टाढामा भरोसामा आडमा सामुन्नेमा ढाडमा जतासुकै सर्वव्यापक छ । दलदेखि दलदलसम्म, वार्तादेखि छलफलसम्म, सोझै सिधैदेखि कपट र छलसम्म, स्वेच्छादेखी करबलसम्म सबैतिर भरिएको छ  राष्ट्रिय चाकरी प्रतियोगिता ।

यता त्यतादेखि नेतासम्म, ब्रम्हचारिदेखि कर्मचारीसम्म, ठेकेदारदेखि सेकेदारसम्म, तराई पहाडदेखि मासुहाडसम्म एकदम रौरबशाली छ- राष्ट्रिय चाकरी प्रतियोगिता । भनेको सुन होस् कि तस्करीको नून, देशप्रति महाबैगुन होस् कि सोझाप्रति कानून सबैतिर उत्तिकै छलशाली छ- राष्ट्रिय चाकरी प्रतियोगिता । गाउँगाउँका जिल्लाजिल्लाका साहित्यमा, टोलटोलका झोलमोलका खाइत्यमा, साडी, पाडी, गाडी लगायत झाडी ढाडी टाँडी माडी साँढी सबैतिर लपक्क छ- राष्ट्रिय चाकरी प्रतियोगिता ।

गतिशील, मतिहिन, मैहुँवादी सबैका मनमश्तिष्कमा उत्तिकै सान दिन्छ- राष्ट्रिय चाकरी प्रतियोगिता । यो त्यस्तो मायावी छ कि राहु लागेको हुन् कि  हाहु त्यो छुट्याउने विवेक विरामी बनेर बिस्तरामा बसिरहेको हुन्छ । मूर्धन्यका महानता यहि राष्ट्रिय चाकरी प्रतियोगिताको जाँतोमा जकडिएर पिसिइरहेको हुन्छ । अनि महान हुनुपर्नेका जुम्लेहात जहिले पनि झोले झाम्टे जुम्रे जगल्टे पगल्टे खोस्टे बोक्रेको अगाडि नमन हान्नै ब्यस्त हुन्छ । दामका लागि, कुनै कामका लागि, मामका लागि, नामका लागि, हामका लागि, झ्वामका लागि, ग्वामका लागि, ठामका लागि दोषी चश्माका आधुनिक मूलपात्रहरू यत्रतत्र सर्वत्र देखिन्छन् ।

राजनीति नामको पारदर्शी टालोले छोपिएको लाजनीति, आपस आपसमा बाझनीति, हेक्कानीति, ठेक्कानीति, पदनीति, शक्तिनीति, भक्तिनीति जस्ता गैह्रबौद्धिक क्षेत्र त यहि राष्ट्रिय चाकरी प्रतियोगिताका कारण नाम  भन्दाभन्दै दुर्नाम, गोल गोल भन्दाभन्दै भद्रगोल भयो भयो । स्वनामधन्य विद्वानहरूका यहि प्रतियोगितामा निर्लज्ज सहभागिताका कारण बौद्धिक क्षेत्र पनि उही लम्पसारवादको लपेटामा परेर कामै नलाग्ने खपेटा हुनपुगेको छ ।

अरूलाई सत्मार्ग दर्शाएर कपाल फुलाएका, जीवन भुलाएका, बौद्धिक संघसँस्था खुलाएका, दर्जनौं कृतिहरूमा लेखनी डुलाएका अनि अनेक जिल्लाहरूबाट समेत पुरस्कार सम्मान कुम्ल्याएका समेत आफ्नो वरपरका झोले झाम्टे राजनीतिको दुर्गन्धमा चुर्लुम्म डुबेकाको अगाडि नौसय नमस्ते र हजार हसमा खस्किएको देखिन्छ । राष्ट्रभरी नै फैलिएको यो चाकरिवादको आघोषित प्रतिष्पर्धा वास्तवमै त्यति नै राम्रो छ जत्तिको घुसखोरी, कमिशनखोरी, नातावाद, कृपावाद, झोलेवाद, टोलेवाद, बलवाद छलवाद जस्ता ढलहरू छन् । आफूलाई अत्यधिक विद्वान भनाउन चाहनेहरूको बुद्धिमतामा किन बिर्को लागेको हो कुन्नी ? कहिले बुझ्लान तिनले कसैको चाकरी गरेर बुद्ध भगवान भएका होइनन, भानुभक्त आदिकवी भएका होइनन, लक्ष्मीप्रसाद देवकोटा महाकवि भएका होइनन् भनेर ।

यस्ता महान हस्तिहरूले देखाएको बाटोमा हिँड्छु भन्नेले यो कुरो मनन गर्ने कहिले ?! कि सधैं राष्ट्रिय चाकरी प्रतियोगितामा रमाइरहने ?!

०००
२०८२ मङ्सिर २८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x