साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो म खोल्सा !

हो म खोल्सा, सानै भए पनि, मेरो आफ्नै छ गौरव, सम्मान। खोलामा मिसेपछि हराउँछ, मेरो व्यक्तित्व—मेरो पहिचान।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हो म खोल्सा, सानै भए पनि,
मेरो आफ्नै छ गौरव, सम्मान।
खोलामा मिसिएपछि हराउँछ,
मेरो व्यक्तित्व-मेरो पहिचान।१।

ठूलो नाम पाएर के गर्नु ?
मलाई प्यारो छ स्वतन्त्रता,
खोलामा विलीन हुनु त,
अन्ततः हो नै परतन्त्रता।२।

मेरो आफ्नै हुन्छ चाल,
मेरो आफ्नै हुन्छ ताल।
सानो नै भए पनि के भयो,
मेरो आफ्नै हुन्छ छाल।३।

म बग्छु झारपातलाई ठेल्दै,
म बग्छु ढुंगासँग खेल्दै।
चलमलाउँछु, मुस्कुराउँछु,
माछासँग हेलिँदै, छेल्दै।४।

महानदी होस् वा खोला,
ठूलाले बोकाइ दिन्छ झोला।
सानै भएर बस्नुछ मलाई,
देखा जाला जस्तो जे होला।५।

म झरनामा गएर पोखिन्छु,
कहिले बगरमा नै रोकिन्छु।
जब अति दुख दिन्छ कसैले
तब जीवन्त भएर झोकिन्छु।

हो म खोल्सा, सानै भए पनि,
मेरो आफ्नै छ गौरव, सम्मान।
खोलामा मिसेपछि हराउँछ,
मेरो व्यक्तित्व—मेरो पहिचान।

०००
विराटगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x