
बन्डा मिल्दा ठन्डा भए
भाषणका विस्फोटमा, चड्क अझ छड्क । सम्विधान लतारेर, अब धेरै कड्क ।

बन्डा मिल्दा ठन्डा भए, मगजका पुर्जा ।
अन्डा पार जन्डा पन्डा,खाए पनि कुर्चा ।।
डन्डा झन्डा मिलिहाल्यो, टन्टा भयो खलास् ।
अग्राखको चुरो भन्छौ, मात्रै देख्यौ पलास् ।। १।।
खली बली गैरीखेत, ढलीमली गर ।
आउरे बाउरे खोरियामै, मोजमस्ती भर ।।
कमिसन्मा डकारेर, हकारेर जन्ता ।
हबेलीमा नाच लिनु, हिस्की—ब्राब्डी मजा ।। २।।
हामदेव, कामदेव, खामदेव देव ।
जामदेव, डामदेव, सम्विधान चेप ।।
भाषणका विस्फोटमा, चड्क अझ छड्क ।
सम्विधान लतारेर, अब धेरै कड्क ।। ३।।
०००
धादिङबेसी
(फित्काैलीमा वि.सं. २०७०