
देख्न पाइयो
म मात्र ठीक मान्छे, अरु खराब भन्दै लड्नलाई खडा, भ’को देख्न पाइयो ।७।

मात्तिएर छाडा, भ’को देख्न पाइयो
भूईंमा न भाँडा, भ’को देख्न पाइयो ।१।
जनताको स्वार्थ, भन्दा आफ्नो ठूलो
साँढ टाउके साँढा, भ’को देख्न पाइयो ।२।
मैले भनेजस्तो, हुन्न भाँडमा जाओस्
फूलभन्दा काँढा, भ’को देख्न पाइयो ।३।
अपवित्र बाम, गठबन्धन भयो
नजिक हैन टाढा, भ’को देख्न पाइयो ।४।
कोइलीको फल, चोर्ने कौवा कोहि
कोहि सोझा पाडा, भ’को देख्न पाइयो ।५।
नियम अनुसार, चल्नु पर्यो भन्दा
रीसले रौं ठाडा, भ’को देख्न पाइयो ।६।
म मात्र ठीक मान्छे, अरु खराब भन्दै
लड्नलाई खडा, भ’को देख्न पाइयो ।७।
०००
लमजुङ