साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्न पाइयो

म मात्र ठीक मान्छे, अरु खराब भन्दै लड्नलाई खडा, भ’को देख्न पाइयो ।७।

Nepal Telecom ad

मात्तिएर छाडा, भ’को देख्न पाइयो
भूईंमा न भाँडा, भ’को देख्न पाइयो ।१।

जनताको स्वार्थ, भन्दा आफ्नो ठूलो
साँढ टाउके साँढा, भ’को देख्न पाइयो ।२।

मैले भनेजस्तो, हुन्न भाँडमा जाओस्
फूलभन्दा काँढा, भ’को देख्न पाइयो ।३।

अपवित्र बाम, गठबन्धन भयो
नजिक हैन टाढा, भ’को देख्न पाइयो ।४।

कोइलीको फल, चोर्ने कौवा कोहि
कोहि सोझा पाडा, भ’को देख्न पाइयो ।५।

नियम अनुसार, चल्नु पर्यो भन्दा
रीसले रौं ठाडा, भ’को देख्न पाइयो ।६।

म मात्र ठीक मान्छे, अरु खराब भन्दै
लड्नलाई खडा, भ’को देख्न पाइयो ।७।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x