बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

माफिया

खाडी धकेले कतिपय छोरा विप्रेषणले भर्छन् बोरा । उग्र दलाल राष्ट्र कपूत माफिया के हुन्छ सपूत ? लुट्छन् कुट्छन् नैतिक मान्छे दादा डन नै, राख्छन् भान्छे । सत्याग्रहको धज्जी उडाई दमन गरेका, नाची रमाई ॥

Nepal Telecom Spring Offer

बद्रीप्रसाद दाहाल :

जल माफिया, थल माफिया
दल माफिया, बल माफिया ।
सबतिर ब्रोकर जोकर चैन
जनता मर्दछ, खाने छैन ॥१॥

गुडी उडी डुल्छन् देश विदेश
ढुकुटी फोर्दै बने अचेत ।
साला सम्धी, ज्वाइँ र छोरा
लुट्छन् ‘लित्का’ बोरा बोरा ॥२॥

बिजुली तेलै दूध वा ठेक्का
नातामा नै पायौ एक्का ।
दल-बल खल छन्, कलका लोरी
बेच्छन् यिन्ले हाम्रा छोरी ॥३॥

खाडी धकेले कतिपय छोरा
विप्रेषणले भर्छन् बोरा ।
उग्र दलाल राष्ट्र कपूत
माफिया के हुन्छ सपूत ? ॥४॥

लुट्छन् कुट्छन् नैतिक मान्छे
दादा डन नै, राख्छन् भान्छे ।
सत्याग्रहको धज्जी उडाई
दमन गरेका, नाची रमाई ॥५॥

उठ ए जनता, कति चुप बस्ने
दलाल माफिया, अब सब कस्ने ।
मासौँ सब यी, द्रव्य पिचाश
तब पो पाउँछ, देश निकास ॥६॥

०००
धादिङ
‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०७५)

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
संविधान ? संविधान ? ? संविधान ? ? ?

संविधान ? संविधान ?...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
विकृतिको ब्रीज हुनसक्दैन तीज

विकृतिको ब्रीज हुनसक्दैन तीज

बद्रीप्रसाद दाहाल (भस्मासुर)
जुरे नेताका भुरे हुङ्कार !

जुरे नेताका भुरे हुङ्कार...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
वर्तमानमा भानुस्मृति

वर्तमानमा भानुस्मृति

बद्रीप्रसाद दाहाल (भस्मासुर)
दल र देश !

दल र देश !

बद्रीप्रसाद दाहाल (भस्मासुर)
संविधान ? संविधान ? ? संविधान ? ? ?

संविधान ? संविधान ?...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
विकृतिको ब्रीज हुनसक्दैन तीज

विकृतिको ब्रीज हुनसक्दैन तीज

बद्रीप्रसाद दाहाल (भस्मासुर)
जुरे नेताका भुरे हुङ्कार !

जुरे नेताका भुरे हुङ्कार...

बद्रीप्रसाद दाहाल (भस्मासुर)
भुत्राको चिन्तन ?

भुत्राको चिन्तन ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)
कतिदिन दुख खप्ने ?

कतिदिन दुख खप्ने ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)
बाघझैँ ढुक्न सक्छन् ?

बाघझैँ ढुक्न सक्छन् ?

बद्रीप्रसाद दाहाल (भस्मासुर)