साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर तिनका झोले !!

छेड्न छाड्यो तातो गोली ती गैँडाका छाला तिन्कै घाँटी थापिरेछन् कुइन्टलका माला ए कविजी ! तिम्रा घरमा छैन तातो खोले अरबपति बनिसके हेर तिन्का झोले !

Nepal Telecom ad

नरनाथ लुइँटेल :

समयको नास मात्रै के कविता लेख्छौ ?
काव्यभित्र सुशासनको के सपना देख्छौ ?
लागेका छन् देशबन्धु आफ्नो देश छाडी
हाम्फालेर वैरिँदैछन् अरबका खाडी ।

कविताले खै रोकेको ? ती युवाको ताँती
कविताले खै घोचेको ? यी नेताको छाती
बेचिरेछन् हामीलाई हाम्रा आफ्नै नेता
लुटिएको लुटियै छ हाम्रो जायजेथा ।

तन छैन स्वस्थ अनि मन छैन स्वस्थ
घिच्नेहरू जसरी नि घिच्नैमा छन् व्यस्त
कविताले के नाप्यो खै तिन्का लुटमाथि
कविता त कमिला भो तिनी बने हात्ती ।

छेड्न छाड्यो तातो गोली ती गैँडाका छाला
तिन्कै घाँटी थापिरेछन् कुइन्टलका माला
ए कविजी ! तिम्रा घरमा छैन तातो खोले
अरबपति बनिसके हेर तिन्का झोले !

भ्रष्टहरू जेल परे ! ढुक्क न हौ कवि
केही दिनमै छाडिने छन् ती अँध्यारा छवि
यस्तालाई फित्कौलीले कसरी पो छुन्थ्यो
कवितामा बरु तिन्कै गाथा गाए हुन्थ्यो !

०००

पुस, २०८०
फित्कौली अड्डा, कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x