सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देवकोटालाई सम्झँदै

शताब्दी पनि बितेर गयो, भाषाको भूमिमा । कृतघ्न हामी, श्रद्धाका सुमन के चढाउँ तिमीमा ? नक्कली ढाँचा झिकेर आज भावुक हुँदैछौँ । सालिकमाथि गोहीका आँसु खसाली रुँदैछौँ ।

Nepal Telecom ad

मानवताको गाउँदै गाथा सिर्जना कोरेथे
धर्तीमै पाइला टेकेर चन्द्र-धरातल हेरेथे
स्वच्छन्दताको विमान चढी गगन चाहर्थे
छाँगाको वेग, छहरा बनी कविता ओराल्थे ।

प्रकृति आउँथ्यो प्रतिभासँगै खेलेर वयली
काव्यको खानी युगको वाणी उनको सुसेली
हृदयभरि अटेसमटेस प्राचीन सभ्यता
कोसी र रोसी बनेर बग्यो काव्य र कविता ।

डढेलो जस्तै हुरहुर बल्ने आगोको चेतना
एउटै पङ्क्ति कविताभित्र ब्रम्हाण्ड चिन्तन
शुभ्रता टिप्ने अक्षर-कलम तारा र जूनका
मानिसलाई ईश्वर देख्ने ती आँखा उनका ।

आज त उनका मदनहरू हजारौँ हजार
गाउँ नै शून्य ओइरिइरेछन् इराक-कतार
नेपाली भाग्य जस्ताको तस्तै सपना कोरेको
स्याहाँर गर्छन् ती मुनाहरू विदेशी गोरेको ।

आँसु र रगत ती सराबरी के चिन्नु खुनीले
इज्रेल पुगी लुटिनुपर्छ ‘म्हेन्दु’ र ‘लुनी’ले
लौ आज पनि उनको बुद्ध धर्धर रूँदैछन्
प्रमिथस-नेता अहंकार बोकी डढेर मर्दैछन् ।

सत्ता र भत्ता सर्वश्व ठान्ने भेँडाको बथान
चर्दैछ अझै, मासियो होला भन्ने यो नठान
श्रमको रस पसिना सबै अर्कैले प्युँदै छ
प्रतिभालाई ‘पागल’ देख्ने प्रवृत्ति ज्युँदै छ ।

सबैका निम्ति सनकी तिमी पागल लागेथ्यौ
अन्त्यको बेला, आफन्तसँग साइनाइड मागेथ्यौ
त्यो तिम्रो व्यथा, दुर्दान्त कथा त्यसैले बोल्दछ
पीडाका सबै भक्कानाहरू त्यसैले खोल्दछ ।

शताब्दी पनि बितेर गयो, भाषाको भूमिमा
कृतघ्न हामी, श्रद्धाका सुमन के चढाउँ तिमीमा ?
नक्कली ढाँचा झिकेर आज भावुक हुँदैछौँ
सालिकमाथि गोहीका आँसु खसाली रुँदैछौँ ।

०००
कलङ्की, काठमाडौँ
२८ कात्तिक २०६९, देवकोटा जयन्ती

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वा… लोकतन्त्र ! क्या लोकतन्त्र !!

वा… लोकतन्त्र ! क्या...

नरनाथ लुइँटेल
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
हेर तिनका झोले !!

हेर तिनका झोले !!

नरनाथ लुइँटेल
बाटुले घर र पिँडाली बा

बाटुले घर र पिँडाली...

माधव पोखरेल गोज्याङ्ग्रे
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा