साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइरस

हरेक पल्टको म्युटेसनले हामीलाई नै सताइरहन्छ रे

Nepal Telecom ad

हामी कुन भाइरससँग बच्नु ?
हामी गरीब देशका नागरिकहरु
दिनहुँ
सडकमा
हजारौं भाइरससँग लडिरहनु पर्छ ।
बेवारिसे भुस्याहा कुकुरको मृतलासबाट
उडेका अरबौं विषाणुहरु
हाम्रो स्वास मार्गलाई राजमार्ग बनाएर
हाम्रो फोक्सोको शहरमा
सुकुम्बासी रुपमा घुसिरहेका हुन्छन्
ढलमतीको कुहेको गन्धसँगै
उडेका लामखुट्टेका सन्तानहरु
सुँडोभरी आतङ्क थोपरेर
हाम्रै रगत डसिरहेका चुसिरहेका हुन्छन्
सडक किनारमा पसारिएका
बासी जिलेबीको छातीभरी
फोहोरी झिंगाहरुको मनोरञ्जन बास छ
महङ्गा रबर टायरले उछिट्याएको
धूलोको साम्राज्यभित्र
हाम्रो नाङ्गो छाती र स्वाभिमानको निश्वास छ
हामी कुन भाइरससँग बच्नु ?
भन्नेहरु त भन्दैछन् चोक बजारमा
उता धनी देशहरुबाट महामारीको लहर आइरहन्छ रे
हरेक पल्टको म्युटेसनले हामीलाई नै सताइरहन्छ रे
भत्किंदैछन् स्कूलहरु
चुँडाईंदैछन् रोजगारीका पुलहरु
गरीब अझै गरीब बन्दैछ
धनी अझै कमाउँने बहानाको सडक खन्दैछ
अँगेनामा अभाव छ
चुलामा भोक छ
हामी कुन भाइरससँग लड्नु ?
महँगीले थिलथिलो पारेको
नुनतेलको अत्यासलाग्दो अभावसँग
हामी हरेक दिन लडिरहेछौं
दुषित र दूर्घन्धित पर्यावरणमा
हामी हरेक दिन सडिरहेछौं
तिनीहरु जस्तो नाम दिने सामर्थ्य नभएका
हामी कुन भाइरससँग बच्नु ?
ठिकै छ
हामी सानु मझेरीको अस्पतालमा
कागतीको चाना निचोरेर
अदुवा र मरिच पानी उमालेर
काँचो बेसार फाँको मारेर
अँगेनामा बसालेको कुच्चिएको कित्लीबाट
काँसको बटुकामा तातोपानी सारेर
पीरो रायोको बीउ पेलेर तैयार
तीखो तेल नाक र चल्नीभरि पारेर
तुलशी पत्ती मिसाएको पानी प्युँदै बाँचौंला
शहर नपसुँला
बारी र खेत गर्दै बसुँला
नत्र त जताततै आतङ्क छ
सिटामोल पनि पाउने सामर्थ्य नभएका
हामी कुन भाइरससँग बच्नु ?

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x