खगेन्द्र नेउपानेबजायो लौरोले
के ठोक्नै पर्ने थियो र ठोक्यो ? कि ठोक्नु नपर्ने थियो र ठोक्यो ? जे होस् ठोक्न चैं ठोक्यो टुटुल्को बस्नेगरी ठोक्यो अभिमान खस्नेगरी ठोक्यो ।
लौ ठोकेन त लौरोले ?
ट्वाङ्गैं ठोक्यो नि !
किन ठोक्यो ?
के खान ठोक्यो ?
के ठोक्नै पर्ने थियो र ठोक्यो ?
कि ठोक्नु नपर्ने थियो र ठोक्यो ?
जे होस् ठोक्न चैं ठोक्यो
टुटुल्को बस्नेगरी ठोक्यो
अभिमान खस्नेगरी ठोक्यो
लौ ठोकेन त लौरोले ?
किन ठोक्यो थाहा छ ?
हिजो जनताले देखेको सपनामा
सामन्तवादले
विदा लिइरहेको थियो
तर
आज ब्युँझिदा होइन रहेछ ।
ऊ त क्रान्तिकारी नेताको लबेदाको फेरमा हल्लिंदैरहेछ
पहिचानवादी नेताको धोती पछाडि छल्लिँदैरहेछ
प्रजातन्त्रवादीको केन्द्रीय कुर्सीमा आसन जमाएको रहेछ
अवसरवादीको पहुँच र पैसामा शासन समाएको रहेछ
ऊ झोलामा छ
खोलामा छ
अड्डा अदालत र अस्पतालमा छ
उस्ले हिजो सपनामा देखे जस्तो हैन रहेछ ।
परिवर्तनका कथा
किताबमा लेख्न मात्रै हो र ?
जुनसुकै वादको बन्दुकले पनि
गरिब र निमुखाकै ज्यान लिने रहेछ
फलानु वाद
ढिस्कानु वादहरूले
अभावको मुङ्ग्रो उठाएर
सामन्तवादलाई प्रहार गर्ने नाममा
भोका छाप्रामाथि आतङ्क बर्साए
खै कहाँ गयो सामन्तवाद ?
विभिन्न रुपमा यहिं बाँचिरहेको रहेछ ।
जुजुमानहरूको जीवनमा
आज पनि कुनै परिवर्तन छैन
परिवर्तन त मालाहरूमा छ
नेतृत्वको चरण रज बिगुत बनाएर लगाउने
सप्तरङ्गी चालाहरूमा छ
उस्ले पनि हिजो सामन्तवाद सकिएको
सपना देखेको थियो
तर हैन रहेछ
सामन्तवाद त झन पल्पलाउँदो ढंगले
अघि बढिरहेको रहेछ ।
त्यसैले जनताले लौरो चलाए
दलको विरुद्धमा होइन
दलबलका विरुद्धमा चलाए ।
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest







































