साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजायो लौरोले

के ठोक्नै पर्ने थियो र ठोक्यो ? कि ठोक्नु नपर्ने थियो र ठोक्यो ? जे होस् ठोक्न चैं ठोक्यो टुटुल्को बस्नेगरी ठोक्यो अभिमान खस्नेगरी ठोक्यो ।

Nepal Telecom ad

लौ ठोकेन त लौरोले ?
ट्वाङ्गैं ठोक्यो नि !
किन ठोक्यो ?
के खान ठोक्यो ?
के ठोक्नै पर्ने थियो र ठोक्यो ?
कि ठोक्नु नपर्ने थियो र ठोक्यो ?
जे होस् ठोक्न चैं ठोक्यो
टुटुल्को बस्नेगरी ठोक्यो
अभिमान खस्नेगरी ठोक्यो
लौ ठोकेन त लौरोले ?

किन ठोक्यो थाहा छ ?

हिजो जनताले देखेको सपनामा
सामन्तवादले
विदा लिइरहेको थियो
तर
आज ब्युँझिदा होइन रहेछ ।

ऊ त क्रान्तिकारी नेताको लबेदाको फेरमा हल्लिंदैरहेछ
पहिचानवादी नेताको धोती पछाडि छल्लिँदैरहेछ
प्रजातन्त्रवादीको केन्द्रीय कुर्सीमा आसन जमाएको रहेछ
अवसरवादीको पहुँच र पैसामा शासन समाएको रहेछ
ऊ झोलामा छ
खोलामा छ
अड्डा अदालत र अस्पतालमा छ
उस्ले हिजो सपनामा देखे जस्तो हैन रहेछ ।

परिवर्तनका कथा
किताबमा लेख्न मात्रै हो र ?
जुनसुकै वादको बन्दुकले पनि
गरिब र निमुखाकै ज्यान लिने रहेछ
फलानु वाद
ढिस्कानु वादहरूले
अभावको मुङ्ग्रो उठाएर
सामन्तवादलाई प्रहार गर्ने नाममा
भोका छाप्रामाथि आतङ्क बर्साए
खै कहाँ गयो सामन्तवाद ?
विभिन्न रुपमा यहिं बाँचिरहेको रहेछ ।

जुजुमानहरूको जीवनमा
आज पनि कुनै परिवर्तन छैन
परिवर्तन त मालाहरूमा छ
नेतृत्वको चरण रज बिगुत बनाएर लगाउने
सप्तरङ्गी चालाहरूमा छ
उस्ले पनि हिजो सामन्तवाद सकिएको
सपना देखेको थियो
तर हैन रहेछ
सामन्तवाद त झन पल्पलाउँदो ढंगले
अघि बढिरहेको रहेछ ।

त्यसैले जनताले लौरो चलाए
दलको विरुद्धमा होइन
दलबलका विरुद्धमा चलाए ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x