साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी महिमा

थियो राज कुर्सी बचायौ तिमीले । सबै देश बेची पचायौ तिमीले । म गर्दैछु बिन्ती तिमी भाग्य दाता । पुजेको छु कुर्सी तिमी हौ बिधाता ।

Nepal Telecom ad

थियौ चोर जो जो बनेको छ कुर्सी ।
मिलेको छ लोप्पा झरेको छ फुर्ती ।।
गरी काम राम्रो यिमीले चिनायौ ।
थियो सत्यको वाद आफै छिनायौ ।।

यहाँ देश सारा बसेको छ रोई ।
भयो जिल्ल आफै खुसीमा छ कोही ।।
फलेको छ नारा हजारौं र लाखौं ।
थियो स्वाद कस्तो सबै आज चाखौ ।।

लिची रोप्न खोजे फलेको छ अम्बा ।
पसी राजधानी ढलेको छ खम्बा ।।
कहीँ आँप फल्दै थियो बोट सानो ।
बने देश घाती सबैको अचानो ।।

यहाँ स्वार्थ मिल्ने बसे देश बाली ।
कला,धर्म,भाषा सबै यी पखाली ।।
छ कार्पेट रातो पँजेरो र गाडी ।
सही कष्ट कैयौं युवा पस्छ खाडी ।।

बने राज छोटे महाराज राजा ।
महङ्गी बढेको भयो देश धाँजा ।।
बिगार्ने तिमी हौ यहाँ नीति सारा ।
पुगे गाउँमा लुक्न ती भातमारा ।।

थियो राज कुर्सी बचायौ तिमीले ।
सबै देश बेची पचायौ तिमीले ।।
म गर्दैछु बिन्ती तिमी भाग्य दाता ।
पुजेको छु कुर्सी तिमी हौ बिधाता ।।

पाटन- २, सिलंगा, बैतडी
हालः-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x