साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय दुश्मन !

तिमी बाहिरबाट हेर्दामात्रै असल साथीजस्तै देखिन्छौ भित्रैबाट नियालेर हेरेपछि बल्ल थाहा हुन्छ— साँच्चै तिमी मेरो कस्ता दुश्मन हौ भनेर ! तिमीले मलाई पाइलैपिच्छे छिर्के हानेर लडाउन खोजिरहेका हुन्छौ र त म झन् बलियो धरातलमा उभिने कोशिश गरिरहन्छु ।

Nepal Telecom ad

प्रिय दुश्मन !
तिमी ज्युँदै छौ र त म बाँचिरहेको छु
म बाँचिरहेको छु र त तिमीले खुराफातसँगै
मेरै खेदो खन्ने काम पाइरहेका छौ- अहिलेसम्म !

प्रिय दुश्मन !
तिमीले मेरो जिन्दगीको मूलबाटोमा
सके भीषण बाढी नै पसिदिए त
साँच्चै कस्तो मज्जा हुन्थ्यो नि यार भन्ने
सोचिरहेका हुन्छौ
पहिरो नै खसिदिए त
झन् कस्तो रमाइलो हुन्थ्यो नि यार भन्ने
कल्पना गरिरहेका हुन्छौ
नभए भासिएरै बसिदिए पनि त
हुन्थ्यो नि यार भन्ने सपना देखिरहेका हुन्छौ ।

तिमीले मेरो जिन्दगीको उन्मुक्त आकाश
सके फुत्त खसेर मेरै टाउकोमाथि
साँच्चै नमज्जासँग बज्रिदिए त
क्या काइदा हुन्थ्यो नि यार भन्ने
सोचिरहेका हुन्छौ
नभए खुम्चिएर साँघुरिँदै बसे पनि त अरूलाई
मज्जै हुन्थ्यो नि यार भनिरहेका हुन्छौ ।

तिमीले मेरो जिन्दगीको आँधीखोला
सके टक्क रोकिएरै बसिदिए त
त्यसैमा चुर्लुम्म डुबुल्की मार्न
पाइन्थ्यो नि यार भन्ने सोचिरहेका हुन्छौ
नभए उल्टै भए पनि बगिदिए त
हामी रमितेहरूलाई
निकै रमाइलो हुन्थ्यो नि यार भनिरहेका हुन्छौ
तिमीले मेरो जिन्दगीको हावा
सके झ्याप्पै खुस्किएर गइदिए त साँच्चै
कस्तो गजब हुन्थ्यो नि यार भन्ने
सोचिरहेका हुन्छौ
नभए आँधीबेहरीमात्रै भए पनि भइदिए त
हामीले सोचेझैँ
केही न केही त जरुर हुन्थ्यो नि यार
भनिरहेका हुन्छौ !

तिमीले मेरो जिन्दगीको उज्यालो घाम
सके सधैँका लागि अस्ताइदिए त
अकल्पनीय अन्धकार छाउँथ्यो नि यार भन्ने
सोचिरहेका हुन्छौ
नभए बादलमात्रै लागेर भए पनि छेकिदिए त
मेरै अनुहारको उज्यालो हराउँथ्यो नि यार
भनिरहेका हुन्छौ ।

प्रिय दुश्मन !
तिमी निकै नजिकको साथी हौ मेरो
र त
सबैभन्दा प्रिय दुश्मन भएका छौ-
अहिलेसम्म ।

तिमी बाहिरबाट हेर्दामात्रै
असल साथीजस्तै देखिन्छौ
भित्रैबाट नियालेर हेरेपछि बल्ल थाहा हुन्छ—
साँच्चै तिमी मेरो कस्ता दुश्मन हौ भनेर !

तिमीले मलाई पाइलैपिच्छे
छिर्के हानेर लडाउन खोजिरहेका हुन्छौ
र त म झन् बलियो धरातलमा
उभिने कोशिश गरिरहन्छु ।

प्रिय दुश्मन !
मप्रतिको तिम्रो यही दुश्मनी
सफलताको संवाहक बनिरहेको छ मेरा लागि
त्यसैले हाम्रो दुश्मनी सदाबहार रहिरहोस् !

करादीखोला, स्याङ्जा

(कवि समीरकाे भरखरै लाेकार्पित कृति प्रिय दुस्मनकाे शीर्ष कविता)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x