साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि र कविता

यो नेतृत्व समाज चिन्तन यसै बिक्री भयो भारुमा । तन्नेरी बलवान् हरू डलरमा बेलायती दारुमा । बाँकी सज्जनको छ व्यक्तिगत क्यै बेबारिसे देश छ । हे प्यारो कवि देशभक्त कविता लेख्नै यहाँ बेस छ ।

Nepal Telecom ad

सत्ताको वकपत्र हैन कविता ! यो क्रान्तिको शंख हो !
जागा बस्छ निदाउँदैन कवि ता ऊ उड्छ यो पङ्ख हो
किल्ला हो कविता त यो मुलुकको सेना तिमी हौ कवि
हे स्रष्टा युगका प्रणाम म गरूँ ! बाँची बचाऊ छवि !

किन्छन् है कविजी विचार गरिमा खादा त सस्तो छ नि
दोसल्ला बरु बेच बेच पदवी बाँचोस् सदा लेखनी
छैनन् कागज वा मसी यदि भने माटोतिरै लेखिद्यौ
हुन्छन् वज्र प्रहार शव्द पथमा त्यै काव्यले छेकिद्यौ

मान्छे बिक्छ बिक्यो युगादि कहिल्यै बिक्री नहोस् यो कवि
तिम्रो दृष्टि पुगोस् निरन्तर जहाँ पुग्दैन अग्लो रवि
आशाका कविता रचेर जनता सुत्दा उठाऊ तिमी
डुब्ला राष्ट्रियता यही कलमले इन्क्लाब गाऊ तिमी

बर्सन्छन् जब शव्दका बमहरू कामून् सबै दानव
साँच्चै मानवहीन छन् सहर यी जन्मून् महामानव
ईर्ष्या होइन प्रेमको मिलनको सद्भावको होस् जय
हे प्यारा कवि लेख लेख कविता बन्दै अझै निर्भय

यो नेतृत्व समाज चिन्तन यसै बिक्री भयो भारुमा
तन्नेरी बलवान् हरू डलरमा बेलायती दारुमा
बाँकी सज्जनको छ व्यक्तिगत क्यै बेबारिसे देश छ
हे प्यारो कवि देशभक्त कविता लेख्नै यहाँ बेस छ ।

इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x