साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदिरा माहात्म्य !

लय हो मदिरा जय हो मदिरा मदिरा मदिरा तय भो मदिरा नर सोमरसे जब भित्र पसे सुख पास भयो सब मित्र बसे ।

Nepal Telecom ad

मदिरालयमा लय मिल्छ अरे
मदिरालयमा सब देव झरे
जब होश गयो तब पीर गयो
मदिरालयमा नर वीर भयो

लय हो मदिरा जय हो मदिरा
मदिरा मदिरा तय भो मदिरा
नर सोमरसे जब भित्र पसे
सुख पास भयो सब मित्र बसे

गफ ढुक्क गरी सब बात भयो
मदिरालयमा जब रात गयो
कविको कविता रसदार हुने
कवि हुन्न अरे मदिरा न छुने

रवि दूर गए कविको तय भो
कविकुन्ज सधैं मदिरालय भो
अभियान भयो कविता रसमा
अधिकार भनी गुडियो बसमा

मदिरा पिउने भय दूर हुने
सब ढुक्क हुने बबुवा न रुने
गुरुको गुरु हो लय सिक्छ पिए
जय हो मदिरा नर टिक्छ पिए !

इतिहास भने मदिरालयको
ननिको सुनियो अति नै भयको
हरिभक्त गए मनुसाथ चले
घर ध्वस्त भयो लय धेर जले

अरि हो मदिरा बिष धेर भए
मदिरा पिउने तनमुक्त गए
नर सोमकृपातिर अल्मलिए
घर भत्किन गो नपिए नपिए !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x