साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागल

होस्टलमा छन् बच्चाहरू बृद्धाश्रममा छन् आमा-बुबाहरू बस्तीको गरिब विद्वान कार्यक्रमको अतिथि हुँदैन वास्तविक ईश्वरको हत्या हुन्छ ढोंगीहरू पुजिन्छन यहाँ उफ ! किन हेर्दैन मान्छे किन बोल्दैन सत्य ?

Nepal Telecom ad

खाँट्टी चोर नै सडकमा निस्किएर
‘चोर-चोर’ भन्दै आतङ्क मच्चाएको
रात भोग्दैछन् मान्छेहरू ।

चन्द्र शमसेर फेरि एकचोटी जन्मिएर
सती प्रथाको युगीन जरो
पक्लक्कै उखाले हुन्थ्यो,
नत्र किन आफूलाई बिर्सिएर हरपल सती जान्छन्
बौद्धिक निम्छराहरू ?

यहाँसम्म कि कमाराकमारीहरू
मालिकको खुशीका लागि
उन्मुक्तसँग दासताको गीत गाउँछन्
र पारितोषिकमा हड्डीको झोल खान्छन् अँध्यारो ओढेर ।

बच्चाहरू फिर्फिरे उडाउँदैनन्
ताराबाजी खेल्दैनन्
पब्जीमा रमाउँछन्
र भिडियो गेमको ट्याब्लेट खाएर
निद्रालाई बोलाउँछन् राति ।

आमाहरूको मुखबाट लोरी हराएको छ
हजुरआमाहरू सङ्गिनी खेल्दैनन्
घडीले नै समय भ्रष्टाचार गरेपछि
शुन्यतालाई अँगालो मारेर
सडकपेटीमा बास बस्न विवश छन्
जीवनका अनन्त यात्रीहरू,

लज्जाले भरिएको समय जन्मिएको छ
जहाँ कविताको ‘क’ नकोर्ने धनाढ्य
कवि गोष्ठीमा
वरिष्ठतम् आसनमा उग्राइरहेछ
र आफ्ना शिकारी आँखाले घोचिरहेछ
मान्छेका कुमारी अस्तित्वहरू
अनि महाकविहरूलाई लेख्न सिकाइरहेछ कविता ।

तपाईं देख्दै हुनुहुन्छ, हेर्नुस्
मन्त्रालयको गेटमा निकै ठूलो हण्डी छ
मौसमी हण्डी
तिलस्मी हण्डी
हण्डी भित्रबाट
कहिले घाम झुल्किए जस्तो देखिन्छ
कहिले कल्पबृक्ष उमृए जस्तो देखिन्छ
हण्डी भित्र कनिका छ
नेता कुटिल मुस्कान छर्दैछ
डनहरू छेउमा सतर्क मुद्रामा छन्
झोलेहरू हतार हतार
कनिका बुकाइरहेछन्
उता श्रमिकहरू
पसिनाको कर तिरिरहेछन् नेताहरूलाई ।

ईन्द्रीय नियन्त्रणको दीक्षा दिने साधूहरू
सम्भोग क्रियामा व्यस्त छन्
आगोलाई लास जिम्मा लगाएर
चिता नपखाली
फरार हुन्छन् मलामीहरू,

प्रमुख आतिथ्य बिक्रीमा छ
आसन ग्रहणको पीडाले
ब्याकुल छन् स्वघोषित समाजसेवीहरू ।
स्वाभिमानी स्रष्टालाई
पुरस्कार र सम्मानले सधैँ गिज्याउँछ
सिन्डिकेट बाहिर केही हुन्न
जे हुन्छ आलोपालो हुन्छ
कहिले उसले उसलाई खादा ओढाउँछ
कहिले उसले उसलाई माला भिराउँछ ।

सरकारी स्कुल जानुस्‘
घण्टी बज्दै गर्छ कोही बात छैन
गुटहरूको आफ्नै समीकरण छ
फुटहरूको रमाइलो ध्रुवीकरण छ
कोही मालिक जस्तो छ
कोही नोकर जस्तो छ
नीजि स्कुल जानुस्‘
‘क्वालिटी’ नामको मोहक लेबुल छ
व्यापारको आगोमा
होम्मिएका छन् अभिभावकहरू
बच्चाहरू ‘गोपिकृष्ण कहो’ गरेर
क्वालिटी बचाइरहेछन्
शिक्षकहरूलाई छाक टार्न धौधौ छ ।

कक्षा ३ मा पढ्ने दूधकटुवा बच्चो
स्कुल जाँदा पटक पटक
आफ्नी केटी साथीलाई
आई लभ यू भनेर हैरान पार्छ ।
७० नाघेका ससुरा
फेसबुक मै भए पनि
बुहारीलाई फ्रेण्ड बनाउँछन्
अनि आफ्नो बैंश सम्झिँदै
च्याटिङ्गमा साट्छन
अनिँदा रात र अधमरा सपनाहरू ।

उफ !
होस्टलमा छन् बच्चाहरू
बृद्धाश्रममा छन् आमा-बुबाहरू
बस्तीको गरिब विद्वान
कार्यक्रमको अतिथि हुँदैन
वास्तविक ईश्वरको हत्या हुन्छ
ढोंगीहरू पुजिन्छन यहाँ
उफ !
किन हेर्दैन मान्छे किन बोल्दैन सत्य ?

म अशान्त छु यतिबेला
संसार यति मजले चलेको बेला पनि
छिः किन कुर्लिनु ताई न तुई!

पख्नुस् !
म आज स्विकार गर्छु तपाईँहरू सामु
हो तपाईं ठिकै सोच्दै हुनुहुन्छ
तमाम असल मान्छेहरूको भिडभित्र
म तपाईँको बस्तीको उग्र पागल हुँ ।
००
झोराहाट-२ ग्रामथान, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x