साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय भैरव 

हाँस्नु हो जिन्दगी हास्य होस् माध्यम व्यङ्ग्यको सिर्जना भाष्य होस् हर्दम । हास्यकै भावमा बन्दथे रौरव व्यङ्ग्यको कल्पमा डुल्दथे भैरव ।

Nepal Telecom ad

बढ्न थाल्यो भने देशमा विकृति
मर्छ त्यो ठान्दथे देशको संस्कृति ।
व्यङ्ग्य सम्राट हुन् देशका गौरव
व्यङ्ग्यको चेतमा बाँच्दथे भैरव ।।१।

दुःख आफ्नैँ थिए कष्ट औ वेदना
लक्ष्य यौटै थियो राष्ट्रको वन्दना ।
देश लुट्ने सधैँ ठान्दथ्यो उत्सव
व्यङ्ग्यको चेतना छर्दथे भैरव ।।२।

गर्छ आलस्य त्यो भोलिको आसमा
काम हुन्नन् कुनै लिन्छ विश्वासमा ।
कर्मचारी बनून् राष्ट्रका सेवक
व्यङ्ग्यको मार्गमा बढ्दथे भैरव ।।३।

काव्यलाई कसी शब्दको त्राणले
हान्दथे सर्वदा व्यङ्ग्यको बाणले ।
दुःख मान्थे स्वयम् देश दुख्थ्यो जब
व्यङ्ग्यको बागमा फुल्दथे भैरव ।।४।

हाँस्नु हो जिन्दगी हास्य होस् माध्यम
व्यङ्ग्यको सिर्जना भाष्य होस् हर्दम ।
हास्यकै भावमा बन्दथे रौरव
व्यङ्ग्यको कल्पमा डुल्दथे भैरव ।।५।

छैन कोही स्वयम् मर्न खोज्ने यहाँ
बाँच्न गाह्रो हुँदा देशको मर्ममा ।
सत्यमार्गी उनै लाग्दथे पाण्डव
व्यङ्ग्यको चेतमा बाँच्दथे भैरव ।।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x