साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरवको नाम मेरो काम

भैरव दाइको बारेमा सवभन्दा बढी जानकारी र ज्ञान दिने व्यक्ति हुनुहुन्छ- हास्यव्यङ्ग्यका पितामह वासुदेव लुइँटेल, गुरुद्वय रमेश विकल र रोचक घिमिरे । उहाँहरूसँग फोनबाट होस् या घरमा पुगेर होस् आफूले नजानेका कुरा छन् भने प्रष्ट हुन गइहाल्यें ।

Nepal Telecom ad

वि.सं. २०४९ सालबाट हास्यव्यङ्ग्य क्षेत्रमा केही कि भन्ने उद्देश्यले झ्याइँकुटी हास्यव्यङ्ग्य त्रैमासिक पत्रिका रहरै रहरमा जन्माइयो । यसको न्वारान र ०४९ सालको वैशाखबाट शुरू गरी मात्र ६ वटा अङ्क निकालियो । यसको दोस्रो अङ्क निकाल्ने बेलामा गाईजात्रा पर्व थियो । अङ्क तयार गरियो । त्यसैबेला हास्यव्यङ्ग्य समाज नेपालले विशेषाङ्क निकाल्ने पत्रिकालाई परस्कृत गर्ने घोषणा गर्‍यो । मैले पनि अँध्यारोमा गोली हान्दा लागे लाग्छ, नलागे लाग्दैन भन्ने हिसावले ३ प्रति पत्रिका बुझाएको केही दिनपछि झ्याइँकुटी पत्रिकालाई यो स्थान मिल्यो । उत्साहित भएर दिलोज्यान दिएर लाग्दै थिएँ ।

त्यसैवेला हास्यव्यङ्ग्य क्षेत्रमा राम्रो काम गरे बापत् भनेर भैरव पुरस्कार गुठीले भैरव नवप्रतिभा पुरस्कार दियो झ्याइँकुटी पत्रिकालाई । गुठीको मानलाई अपमान नगरी लिइटोपलें । पत्रिकामा सम्बद्ध साथीभाइहरू वीचमा, पत्रिकाले गरेको उन्नति सह्य नभएर वा के कारणले हो उनीहरूले मलाई उठ्नै नसक्ने गरी थला बसाले । मैले पत्रिका प्रकाशन गर्न छोडें । मेरो थाप्लोमा त पुरस्कार परेकोले केही नगरी वस्दा पुरस्कारको इज्जत जाला भन्ने कुराले मनमा चिमोट्न थाल्यो दिनका दिन ।

त्यसपछि अनेक सूत्र लगाएर अनेक दुःख कष्ट सहेर भए पनि कलाकार गोपालराज मैनालीको बारेमा साढे दुई वर्ष खोज/ अनुसन्धान गर्दा एउटा पुस्तक बन्यो- ‘खुसुक्क भन्नुस्’ क्वाँटी सङ्ग्रह) । सोही पुस्तकका नायक मैनालीले वि.सं. २०५० सालको रु १ लाख १ रुपैयाँको वासुदेव लुइँटेल पुरस्कार भेट्टाउन सफल भएका थिए । म एकपछि अर्को गर्दै सफलताका भरेङ चढ्न पुगें र मेरो उत्साहमा झन् वृद्धि हुन पुग्यो । कलाकार मैनालीले लेखेका रचनाहरूको वारेमा खोज्ने सिलसिलामा जहाँ जहाँ मैनालीका रचना छापिएका हुन्थmे त्यही भैरव अर्यालको पनि रचना पाउन थालेपछि के पर्छ के पर्छ भनेर दुवैका सामग्री थुपार्दै गएँ ।

मेरो कामले क कसको मनमा ठेस लाग्यो त्यो चैं जानिनँ । तर भैरव पुरस्कार गुठीका सदस्य सचिवले मलाई बोलाउनु भयो २०५० भदौ २३ गतेपछि भैरव दाइको बारेमा पनि शोध अनुसन्धान गरिदिनु पर्‍यो भन्नुभयो । मैले पनि हुन्छ भनेर स्वीकारेँ । भैरव पुरस्कार गुठीले मलाई कार्यमा सजिलो होस् भन्नाका खातिर अधिकारपत्र पनि दियो । त्यसैलाई हतियार बनाएर भैरव दाइको सामग्री जुटाउन २०५० सालदेखि नै म जुटेको हुँ ।

भैरव दाइको बारेमा सवभन्दा बढी जानकारी र ज्ञान दिने व्यक्ति हुनुहुन्छ- हास्यव्यङ्ग्यका पितामह वासुदेव लुइँटेल, गुरुद्वय रमेश विकल र रोचक घिमिरे । उहाँहरूसँग फोनबाट होस् या घरमा पुगेर होस् आफूले नजानेका कुरा छन् भने प्रष्ट हुन गइहाल्यें । उहाँहरूले यस कार्यका लागि धेरै बाटोहरू पहिल्याइदिनु भएको छ । जसका कारणबाट भैरव दाइको सामग्री जुटाउनमा मद्दत मिलेको छ । त्यसकारणले पनि म जस्तो भर्खरको ठिटोलाई उहिलेका के थाहा हुन्थ्यो र ? यसैले गर्दा मलाई यस्तो नशा लाग्यो कि नाथि उल्लिखित गुरुकहाँ कुराको विषय नै यही बन्थ्यो जहाँ भेटे पनि ।

भैरब दाइले यति विघ्न लेख्नुभएको रै’छ कि भनेर साध्य छैन । उहाँका यत्रतत्र पत्रिकामा छरिएका धेरजसो रचनालाई दिनरातको दौडधुपले आफ्नो कब्जाना पारिसकेँ जस्तो-उहीद्वारा लिखित रचनाहरू, फोटोहरू, चिठ्ठीहरू (हस्तलिखित) । अझ भन्नुपर्दा हालखबर पत्रिका (वि.सं. २०१२/१३ सालतिरको) ‘हाँस्नुहुन्छ भने’ स्तम्भमा भैरव दाइ र उहाँका गुरु दाताराम शर्मा (वासुदेव माड्सावको भनाइअनुसार भैरवका हास्यव्यङ्ग्य गुरु) का बारेमा यतिबिघ्न सामग्री उतार्न सकियो, हप्तादिन भित्रमा जुन सामग्री आजसम्म कुवाभित्रै लुकाएर राखिएको थियो । हालखबर पत्रिकाका केही बाइन्डिङहरू हराएकाले उतार्न बांकी छ अरू सबै सिध्याइसकें । आजको समय भनेको विश्वासमा संकट परेको युग हो । किनभने साहित्यिक क्षेत्रमा पनि साहित्यिक डाँकाहरूको बाहुल्य बढ्दै गएका कारणले गर्दा सच्चा इमान्दार व्यक्तित्वका धनीहरू जहाँ गए पनि पछारिदैछन् । त्यसको शिकार म पनि भएको छु । मलाई अनुसन्धानको काममा नेपाल प्रज्ञाप्रतिष्ठान भित्र रहेको पुस्तकालयका मित्रहरूले पनि शुभकार्य ठानी झिँजो नमानी सहयोग गरेका थिए । जसको फलस्वरूप भैरव दाइको सामग्री जम्मा गर्न र जुटाउन सकियो ।

एउटा दुःख लाग्दो कुरा के हो भने कोही काम गरेर माथि चढ्ला भन्ने पीर सबैको हुदोरै’छ, मुखले नओकले पनि व्यवहारले देखिइहाल्दोरै’छ । यसको फन्दामा परेर मैले पनि धेरैलाई साविति बयान दिँदै हिड्नु पर्यो । हौसला दिनु र सहयोग गर्नु त परै जावोस् बरू निमोठ्नै खोज्दारहेछन्, हामी नेपालीको क्या राम्रो बानी ! तर त्यस्ता चाउरे पिरती लाउनेहरूसँग पनि कसरी चाउरिएर काम लिइयो भने ती चाउरिने व्यक्ति नै दङ्ग परे मेरो कामदेखि । म काममा विश्वास राख्छु गफमा होइन, त्यसैले यहाँ जति नै लेखे पनि भने पनि गर्ने काम नै हो । त्यसैले तपाईंहरूको सामुन्ने भैरव दाइको नयाँ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हातमा पारिदिन लाग्या छु । चाँडै अनि थाहा पाउनुहोला । काम कल्ले गर्छ गफ गर्नेले कि काम गर्नेले ?

०००

चावहिल, काठमाडौं
‘भैरव स्मारिका’ २०५५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x